
नयाँ विकल्प,
काठमाडाैं- प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको बैठक बोलाएका छन्। शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले आयोगको बैठक बोलाएको छन् ।
यो बैठकमा अरू एजेन्डा नभएका कारण बिएन्डसी प्रस्तावित मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउने नबढाउनेबारे छलफल हुने दाबी गरिएको छ। आयोगको अध्यक्ष प्रधानमन्त्री ओली हुन्। उनले अध्यक्षको हैसियतमा बैठक बोलाएको बताइएको छ।
आयोगको बैठकले सम्बन्धन अघि बढाउने सम्भावना पनि बलियो रहेको स्रोतले जनाए पनि बैठकको एजेन्डाबारे आयोग पदाधिकारीले बताएका छैनन्।
यसअघि काठमाडौं विश्वविद्यालयको टोलीले चार सदस्यीय अनुगमन समिति पठाएको थियो। उक्त समितिले बिएन्डसीको भौतिक पूर्वाधारको अवस्था बुझेर प्रारम्भिक रिपोर्ट पेश गरेको थियो। आयोगका अनुसार बिएन्डसीले सम्बन्धनका लागि निवेदन दिएको छ।
बिएन्डसीको सम्बन्धनकालागि आवस्यक सबै पूर्वाधार तयार भएको उल्लेख गरिएकाे भएपनि स्थलगत अनुगमनका बेला टोलीले कतिपय कुरा नपुगेको देखाएको थियो।
चिकित्सा शिक्षा आयोगले बैठकले विएण्डसी मेडिकल कलेजलाइ सम्बन्धन दिने तयारी गरेसंगै चिकित्सा सुधार अभियान्ता सत्याग्रही डाक्टर गाेविन्द केसीले सम्बन्धन नदिन आग्रह गर्दै त्यसाे गरिए पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन् ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...