काठमाडौं । गणतन्त्र दिवसको अवसर पारि सरकारले उज्जन कुमार श्रेष्ठको हत्याका आरोपी बालकृष्ण ढुंगेललाई दिएको आममाफी विरुद्ध नेपाल महिला संघ काठमाडौं जिल्लाले विरोधको कार्यक्रम सार्वजनिक गरेको छ ।
विरोध कार्यक्रम अन्तरर्गत यहीँ जेठ १८ गते शुक्रबार बबरमहल स्थित जिल्ला अदालत अगाडी विरोध सभा तथा धर्नाको आयोजना गरेको संघले जनाएको छ । आरोपी ढुंगेललाई दिइएको आममाफी फिर्ता गर्न सरकारलाई दबाब दिन आयोजना गरिएको उक्त विरोध सभामा सहभागी हुन सम्पूर्ण आम मानिसमा संघले अनुरोध गरेको छ भने संचारकर्मीहरुलाई पनि सहयोग गरिदिन आग्रह गरेको छ ।
अदालतले दोषी ठहर गरि १२ वर्ष पाँच महिना २२ दिन जेल सजाय सुनाइएका ढुंगेललाई १ वर्ष पनि नपुग्दै सरकारले यही जेठ १५ गते आममाफी दिएको हो ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...