काठमाडौं । नेपाली कांग्रेसले आागमी असार ५ देखि ७ असारसम्म मकवानपुरको हेटौंडामा गर्न लागेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको तयारीको लागि ९ वटा समिति गठन गरेको छ ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा, मकवानपुर जिल्ला सभापति तथा जिल्ला सभापतिहरुको राष्ट्रिय भेला स्थानीय व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर वानियाँको अध्यक्षतामा विहीबार बसेको विशेष बैठकले उक्त निर्णय गरेको हो ।
सो बैठकले उद्घाटन समारोह र बन्द सत्रका सम्पूर्ण कार्यक्रमहरु स्थानीय पलपसा हलमा हुने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जिल्ला सभापतिहरुको भेलालाई व्यवस्थित ढंगले संचालन गर्न समिति गठन गर्नुको साथै संयोजक पनि बैठकले तोक्ने निर्णय गरेको छ । बैठकले प्रचार समिति संयोजकमा प्रदीप कोइराला, सांस्कृतिक एवं अतिथि समन्वय समिति संयोजकमा आनन्द पराजुली, मञ्च व्यवस्थापन समितिको संयोजकमा गोपीलाल विश्वकर्मा, स्वयंसेवक समिति संयोजकमा अर्जुन तिवारी, सचिवालय एवं मिडिया सेन्टर संयोजन समिति संयोजकमा वुद्ध लामालाई तोकिएको छ ।
तीन दिनसम्म चल्ने भेलाले स्वास्थ्य समितिको संयोजकमा राजीव सुवेदी, आवास व्यवस्थापन समिति संयोजकमा भरत पराजुली, खाद्यान्न प्रबन्ध समिति संयोजकमा रामबाबु बानियाँ र प्रदेश संयोजन समितिमा विष्णुप्रसाद लामिछानेलाई जिम्मेवारी दिइएको छ ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...