
१. आगामी भाद्र १६ गतेदेखि नेपाली कांग्रेसको चौधौँ महाधिवेशनको मिति तोकिएको छ । संवैधानिक प्रावधानले भन्छ–यदि भाद्र २० गतेसम्ममा महाधिवेशन सम्पन्न भएन भने कानुनतः नेपाली कांग्रेस भन्ने अहिलेको दल तत्कालका लागि अवैध संस्था हुनेछ किनभने चार वर्षको अवधिका लागि आफैँले तयार गरेको विधानलाई लत्याउँदै विधानकै सहारा लिएर अरु ६ महिना र अर्को ६ महिना थपिएको छ ।
संविधानले दिएको अर्को ६ महिना पनि २०७८ साल भदौ २० गते सकिने छ । त्यसैले समयको अन्तिम घडीसम्म लगेर महाधिवेशन हुन लागेको छ र त्यो बाध्यकारी भएको छ ।
२. जसरी एउटा अल्पमतमा परेको प्रधानमन्त्रीले सरकार उत्पत्ति गर्ने प्रतिनिधि सभा विघटन गरेर आप्mनो पदावधि केही समयका लागि थप्छ, त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पनि आफ्नो कार्यावधि थपेका हुन सक्छन् किनभने तोकिएको अवधि ४ वर्षमा महाधिवेशन हुनै नसक्ने त्यस्तो केही पनि अवस्था थिएन । थियो त दलीय पद लम्ब्याउने लोभ अनि साङ्गठनिक अक्षमताका कारणले आवश्यक विभागहरु समेत गठन गर्न नसक्नु र आफ्ना अन्य एकाइ, जिल्ला, प्रादेशिक अवयवहरु, जनवर्गीय सङ्गठनहरुलाई वैचारिकरुपमा र भौतिकरुपमा चलायमान पार्न नसक्नु अनि आफ्नै दलभित्रको आन्तरिक बहसलाई व्यवस्थित गर्न नसकी आवश्यक तयारी गर्न नसक्नु हुन् ।
३. घरको मुलीले अरुलाई दोष दिएर पन्छन पाइँदैन र अक्षमताको उत्तरादायित्व आफैँले लिएर गल्तीबाट पाठ सिक्दै संस्थालाई चलायमान पार्ने काम गर्नु पर्नेमा त्यसो भएन र अन्तिम समय सीमाको बन्धनमा दबाबका बिचमा महाधिवेशन हुन लागेको छ । अझै के कुराको टुङ्गो छैन भने कोरोनाको कहर कसरी अघि बढ्ने छ ।
जसरी भए पनि र जुनसुकै तरिका अपनाएर भए पनि दलको अस्तित्व जोगाउने काम केन्द्रीय समितिको हो, मुख्य नेतृत्वमा बस्नेहरुको हो । यसमा पहिले सभापति, उपसभापति, महामन्त्रीहरु, सहमहामन्त्रीहरु र कोषाध्यक्ष र सङ्ठन प्रमुखको मुख्य जिम्मेवारी रहन्छ र पनि सम्पूर्ण संस्थाको जस अपजसको भागी भने सभापति सामूहिकरुपम जबाफदेही हुने चलन जो छ ।
४. नेपालीमा एउटा उखान छ—बिहेको अलमलमा केटी माग्ने बिर्सियो । सभापति, महामन्त्री र केन्द्रीय सदस्यहरुमा उठ्नका लागि तयारी हुनेको सङ्ख्या देखिन्छ । अझ सभापतिमै उठ्नका लागि तिनै अक्षम नेतृत्वका नेताहरु यत्ति धेरै आकाङ्क्षी देखिएका छन् जसले नियमित महाधिवेशन गराउन पनि संविधानको घेराभित्र दललाई पु¥याएका थिए र अहिले पनि निष्पक्ष महाधिवेशन गराउँछन् भन्नेमा आम कार्यकर्ता विश्वस्त छैनन् ।
५. नेपाली कांग्रेसमा आत्ममूल्याङ्कन गर्ने चलन हुँदो हो त अहिलेका केन्द्रीय समितिका सबै नेताहरुले हात उठाएर भन्ने थिए होलान्–हामी नेपाली कांग्रेसलाई स्मशान घाटमा पु¥याउनेहरुले अबका दिनमा कुनै पनि पदमा उठ्ने छैनौँ ।
जनतामा उनीहरुको छवि कस्तो छ भन्ने कुरा गएको निर्वाचनले देखाएको छ र दलका सभापतिको क्षमतालाई पनि संघीय र प्रादेशिक संसदहरुमा नेपाली कांग्रेसको उपस्थितिले स्पष्ट जबाफ दिएको छ । सुशील कोइराला सभापति हुँदा दिएको जत्तिमात्र सांसदहरुको सङ्ख्या प्रतिनिधि सभा र प्रदेश सभाहरुमा हुन्थ्यो भने विपक्षीका रुपमा प्रधानमन्त्री या मुख्यमन्त्रीका विरुद्धमा बेलैमा अविश्वासको प्रस्ताव राख्न सकिन्थ्यो । निरीह अवस्था छ ।
मुलुकको अवस्था दयनीय छ अनि नेपाली कांग्रेस टुलुटुलु हेरेर बस्ने अवस्थामा देखिएको छ । यदि अहिले माओबादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको विद्रोही पक्ष नहुँदो हो भने विपक्षी गठबन्धनको अवस्था नै सृजना हुँदैनथ्यो जवकि नेपाली जनता अहिले पनि प्रजातन्त्रका पक्षमा छन् भन्ने मान्नुपर्छ ।
६.प्रजातन्त्रप्रति आस्था राख्ने नेपालीहरुका लागि निर्विवाद विकल्प नेपाली कांग्रेस थियो तर अब विकल्प खोज्नेछन् यदि विधिको शासनलाई वास्ता नगरी दलको व्यवस्थापन यसैगरी मनपरी गर्ने हो भने भनेर राजनीतिक पर्यवेक्षकहरु भन्छन् ।
नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलजस्ता दर्जनौँ संस्थाहरुको निर्वाचन बेलैमा हुँदैन अनि तदर्थवादमा सबै निर्वाचित अवयवहरु चलाउँदा कसरी नेपाली कांग्रेसलाई प्रजातान्त्रिक संस्थाको रुपमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र कानुनले मान्ने होला ? यो प्रश्न नेपाली कांग्रेसका लागि आत्मालोचनाको विषय नबन्ला र ?
७.प्रजातन्त्र भनेको विधिको शासन हो । यो संवेदनशील राज्य प्रणाली हो । यसमा विधि पु¥याएर मात्र केही गर्न पाइने नैतिक बन्धन हुन्छ । यसमा पाइलैपिच्छे विधिको व्यवस्था गरेको हुन्छ तर जहाँ विधिको कमी छ, त्यहाँ पनि विवेकले यसरी काम गर्नुपर्छ कि त्यसलाई अन्य विधिले समर्थन गरुन् । या विधिको नयाँ तरिका सर्वसम्मत या वहुमतले तयार गरेरमात्र काम गर्ने छुट हुन्छ ।
८. कुनै पनि राष्ट्रिय सङ्गठनको आधारशिला भनेका त्यसका गाउँ, नगर एकाइदेखि स्थानीय प्रदेश, जिल्ला, क्षेत्र तथा राष्ट्रियरुपमा गठित अन्य सहयोगी र शाखा संस्थाहरुको चलायमान अवस्था हो जुन संस्थाहरुले राष्ट्रिय सङ्गठनलाई बनाएका हुन्छन् । आफ्नो निर्वाचन कसरी गर्ने भन्ने कुरा आफ्नै दलको विधानले तोक्ने कुरा हो अनि आपद् विपद्रमा कसरी संस्थालाई जीवित राख्ने भन्ने पनि आफ्नै आन्तरिक तयारी हो ।
९. वास्तवमा यो महाधिवेशन जुमका माध्यमबाट भए पनि आजसम्म गरिसक्नु पथ्र्यो । तरिका कसरी गर्ने भन्ने आपसी सल्लाह र प्रचलित कानुनलाई मान्नेगरी निर्वाचन गरे हुन्छ । गाउँ गाउँमा निर्वाचनका लागि महाधिवेशनका प्रतिनिधिहरुले मत दिन सक्छन् । अझ योपटक निर्वाचनको नयाँ तरिका पनि अपनाउन सकिन्थ्यो–महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन बेलैमा गरेर उतैबाट जिल्लाको अध्यक्ष, प्रदेशको अध्यक्ष र केन्द्रीय पदाधिकारीको निर्वाचन गरेको भए पनि हुन्थ्यो ।
आपसमा बसेर पुराना नेताहरुले अभिभावकको रुपमा आफूलाई उभ्याएर नयाँ नेतृत्वका लागि अनुरोध गरेमा निर्विरोध हुन सक्ने सम्भावना अधिक थियो । तर जति नै अक्षम भए पनि दललाई कब्जा गर्ने मात्र प्रवृत्तिले आजको दिन देख्नु परेको हो भन्ने कांग्रेसका मतदाताहरु लाखौँ छन् । कांग्रेसका लाखौँ मतदाताहरुले चाहना राख्ने भनेको प्रजातन्त्रको दियो नेपाली कांग्रेसले बालिरहोस्, नेपालको राष्ट्रियताको जगेर्ना गरोस्, अन्तराष्ट्रियरुपमा नेपालको छवि एउटा प्रजातान्त्रिक राष्ट्रको रुपमा राखोस् ।
अनि जति गल्ती गरे पनि, आपसमा जति कलह गरे पनि र संस्थालाई जतिसुकै कमजोर बनाए पनि नेपाली प्रजातन्त्रको वाहक र संरक्षकको रुपमा नेपाली कांग्रेसलाई नै मान्नेहरुको जमात अहिले पनि नेपालमा ठुलो सङ्ख्यामा छ । त्यसको मानका लागि पनि नेपाली काङ्ग्रेसले आफूलाई सुधार गर्नैपर्छ र प्रजातन्त्रप्रति सिद्धान्त र व्यवहार दुवैले प्रजातन्त्रवादी भएको पुष्टि गर्नैपर्छ किनभने यो एक्काइसौँ शताब्दीको नेपाल हो र प्रजातन्त्रको संसारभरि खतरामा परेको बेला पनि हो ।
बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुवर्णसमशेर राणा, सुशील कोइराला, महेन्द्र नारायण निधि जस्ता मनीषीहरुको त्याग र साङ्गठनिक प्रयासले नेपालको प्रजातन्त्र आजको अवस्थासम्म आएको हो जहाँ प्रजातन्त्रका विरुद्धमा खुलेका कम्युनिस्ट पार्टीहरुसमेत विधिको शासनका लागि प्रतिबद्ध हुन थालेका अवस्था छ ।
१०. र अन्त्यमा, नेपाली काङ्ग्रेसले प्रजातन्त्रका लागि उदाहरणीय बाटो देखाउने हो । यदि उदाहरणका रुपमा अव्यवस्थित काङ्ग्रेसनै भविष्यलाई बुझाउने हो भने यहाँ प्रजातन्त्रको बिगुल फुक्ने पनि कोही हुने छैन अनि प्रजातान्त्रिक परिपाटीको अन्त्य हुनसक्छ । तर आजको नेपाली काङ्ग्रेस भनेको उदाहरणीय हुन सकेको छैन तर चौधौँ महाधिवेशन तोकिएको बेलामा नै होस् र मुलुकलाई नयाँ तरिकाले प्रजातन्त्रका पक्षमा लाग्न उत्प्रेरित गरोस् । प्रक्रियालाई यो या त्यो बहानामा नरोकोस् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...
काठमाडौं । छठको निहुँ बनाएर रास्वपा सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति गगन थापा मधेश प्रदेश ओर्लिएका छन् ।...
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...