
नयाँ विकल्प
बर्दिया- बर्दियामा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मधुवन नगरपालिका वडा नम्बर ३ का ६७ वर्षीय चित्रबहादुर खत्रीको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिए ।
आइतबारदेखि हराइरहेका खत्रीको शव नेपाल–भारत सीमा क्षेत्रमा रहेको सम्झना सामुदायिक वन भित्र क्षतविक्षत अवस्था सोमबार फेला परेको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती सामुदायिक वन र राष्ट्रिय वन तथा सामुदायिक वन क्षेत्रमा पाटेबाघको आक्रमणबाट यसवर्ष १२ जनाको ज्यान गइसकेको छ भने दुई वर्षयता पाटे बाघबाट २१ र जंगली हात्तीबाट २ गरि २३ जनाले ज्यान गुमाइसकेका छन् ।
काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...
काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन...
काठमाडौं : भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको...