काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरधनी शारदा अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनसहितलाई कारबाही गर्न गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय प्रशासन र प्रहरी युनिटलाई निर्देशन दिएपछि प्रचण्ड र बादलको सम्बन्ध बिग्रिएको छ ।
प्रचण्डले बादललाई ठेकेदारलाई कारबाही गर्ने नाममा भारतीय सिंघम बन्न खोजेको भन्दै आक्रोस पोखेका छन् । उनले चर्चा कमाउने काम गर्दा बादलको पद समेत धरापमा परेको छ । प्रचण्डको कमजोरीमाथि नै बादलले प्रहार गरेपछि प्रचण्ड बादलसँग बिच्किएका हुन् । अधिकारीले एक महिना अघि मात्र प्रचण्डका २ छोरीहरुलाई घर उपहार दिएका थिए । पार्टीको वरिष्ठ नेता भएर पार्टी निर्णय र अध्यक्षको भावना विपरित बोल्दा तत्कालिन माओवादी नेता नारायणकाजी श्रेष्ठलाई प्रचण्डले काजीलाई पाजी बनाइदिन्छु भनेका थिए । प्रचण्डले १० बर्षअघिको घटना स्मरण गर्दै, “बादललाई सेनामाथि हात नहाल्नुस भन्दा मेरो पद गुम्यो, तपाईंको कारणले आज मेरै सहयोगी र विश्वास पात्र शारदालाई कारबाही गर्न खोजेपछि मेरो घरमै अप्ठ्यारो पार्ने” भनेर क्रोधित भएका हुन् । प्रचण्डको क्रोधलाई मथ्थर गर्ने उपाय जति रचे पनि बादल भने पछि परेका छैनन् । भक्तपुर जिल्ला प्रशासनले अधिकारीको शैलुङ कन्ट्रक्सनलाई कारवाही सिफारिस गरेको हो । भक्तपुर प्रशासनले अधिकारीसहित समयमा काम सम्पन्न नगर्ने १० ठेकेदारहरुको पहिचान गरेकोछ ।
अधिकारीको शैलुङ कन्स्ट्रक्सनले दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७१ जेठमा कमल विनायक–नगरकोट सडक निर्माणको जिम्मा लिएको थियो । ठेकेदार अधिकारीले नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई ललितपुरको खुमलटारमा बस्न घर दिएका छन् । गृहमन्त्री रामबहादुर थापालाई प्रचण्डले अधिकारीलाई कारबाही नगर्न यसअघि नै दवाव दिएका थिए । चार वर्षमा ३ पटक म्याद थपे पनि ४३ प्रतिशत मात्रै काम सकिएको छ । तेस्रोपटक थपिएको म्याद पन यहि असार मसान्तमा सकिँदै छ । गृह मन्त्रालयले समयमै विकास निर्माणका काम सम्पन्न नगर्ने कम्पनीहरूको नाम पठाउन निर्देशन दिएपछि प्रशासन कार्यालयले सो विवरण पठाएको हो । ठेकेदारले समयमा काम नसक्दा सडकमा हिलो, धुलो र खाल्डाखुल्डीका कारण विदेशी पर्यटकसहित यात्रुले कष्टपूर्ण यात्रा गर्नुपरेको छ ।
अधिकारीकै कम्पनीले कलंकी नागढुंगासम्मको सडक निर्माणको ठेक्का पाए पनि ९ बर्षसम्म निर्माण नगरी बसेका छन् । जसले गर्दा राजधानी भित्रने र बाहिरिने यात्रुले बर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...