
ननयाँ विकल्प,
काठमाडौं – सशस्त्र प्रहरी बल नेपालका एसएसपी कालिदास धौबजी र कुमार न्यौपाने डीआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।
मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले एसएसपी धौबजी र न्यौपानेलाई डीआईजीपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिसमाथी चित्त नबुझ्ने ७ दिन भित्र बढुवामाथी उजुरी सुन्ने समितिमा उजुरी दिन बढुवा समितिले आग्रह गरेको छ ।
धौबजी र न्यौपाने दुवैजना प्राविधिक सईको रुपमा सेवा प्रवेश गरेका थिए भने पछि सशस्त्रमा आएपछि गैर प्राविधिक बनेका हुन् ।
डीआईजीमा बढुवाका लागि उनीहरुसँगै विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की र नेत्रकुमार खत्री लगायत प्रतिस्पर्धामा थिए ।
हडिया : उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका प्रेम राईको परिवारलाई नेपाली कांग्रेसले आर्थिक...
काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी...
त्रिशूली (नुवाकोट) : भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घर भाडाबापतको रकम वितरण सुरु गरिएको छ । संघीय सरकारले बाढी...