नयाँ विकल्प,
चितवन – चितवनमा सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर स्थानीयको प्रदर्शन मत्थर पार्न स्थानीय प्रशासनले पूर्वी चितवनमा राजमार्ग क्षेत्रमा कर्फ्यू लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशमा पूर्वपश्चिम राजमार्गको राप्ती वडा नम्बर १ लोथरपुलदेखि राप्ती–४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरभित्र पर्ने सबै क्षेत्रमा कर्फ्यू लगाइएको उल्लेख छ ।
आदेशअनुसार मंगलबार अर्थात आज २२ गते साँझ ७:३० बजेदेखि २३ गत बेलुकी ७:३० बजेसम्म कर्फ्यू जारी रहने आदेशमा उल्लेख गरिएको छ ।
आदेशको अवज्ञा गरे तत्कालै गिरफ्तारी गरेर १ महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुनसक्ने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा जारी गरिएको आदेशमा उल्लेख छ ।
गत असार ११ गतेदेखि वेपत्ता सुजिताको शव २० गते घर नजिकैको सामुदायिक वनमा फेला परेको थियो ।
घटनाको निष्पक्ष छानविन हुनुपर्ने, दोषिलाई कडा कारवाही हुनुपर्ने मागसहित आज दिउँसो ३ बजेदेखि राजमार्गमै बसेर स्थानीय र अधिकारकर्मीले नाराबाजी गरेका थिए ।

काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी...
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको पुँजी वृद्धि गर्दै लगानीका क्षेत्र तथा वित्तीय उपकरणको दायरा विस्तार गर्ने प्रस्ताव...
काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्व र संशोधित विधानलाई अद्यावधिक गरेको छ । निर्वाचन आयोगको...