
नयाँ बिकल्प,
काठमाडौँ – सरकारको दबाब स्थानीय प्रशासनले निषेधाज्ञा (लकडाउन) खुकुलो गरेसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार २ हजार ६ सय ३४ जनामा कोरोना पुष्टि भएकोमा आज त्यसको तुलनामा ३ सय बढी संक्रमित देखा परेका हुन्।
स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ८३५ जनाको पीसीआर परीक्षणबाट २ हजार ७७ र ४ हजार ६३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०२ जना गरी जम्मा २ हजार ९७९ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो १५ जनाको मृत्यु भएको थियो भने सोमबार २३ जनाको मृत्यु भएको थियो।
यही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ३ सय ३३ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...