काठमाडौं । नेपाल बिद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि बिरुद्ध बिरोधका कार्यक्रम गरिरहेको छ । बिरोध गर्ने क्रममा शनिबार भएको राँके जुलुममा देशब्यापी रुपमा बिद्यार्थीहरुको उपस्थिति रहेको भन्दै महामन्त्री कुन्दन काफ्ले आन्दोलन नरोकिने घोषणा गरेका छन् । उनले प्रहरी दमन धरपकडका बाबजुद पनि आन्दोलनमा स्वतस्फूत रुपमा बिद्यार्थीको सहभागिता बढको जनाए ।
काफ्लेका अनुसार काठमाडौंमा भएको राँके जुलुसमा सहभागी भएका बिद्यार्थी नेताहरु टिका भण्डारी र सञ्जिव ढकाल लगायत एक दर्जन घाईते भएका छन् । घाईते बिद्यार्थीको मोडेल अस्पतालमा उपचार भएको थियो । महामन्त्री काफ्लेले शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका बिद्यार्थीहरुलाई प्रदर्शनपछि चियापशलमा खाजा खाईरहेको बेला प्रहरीले लाठी र बुटले प्रहार गरेको बताए । उनले कम्युनिष्ट अधिनायकबादको क्रियाकलापलाई रोक्न नेविसंघले ईंटाको जवाफ पत्थरले दिने प्रतिक्रिया दिए । आइतबार पनि नेविसंघले सिठी जुलुसको आयोजना गरेको छ । प्रदर्शनीमार्गमा भएको विरोध प्रदर्शनमा अध्यक्ष नैनसिंह महर र महामन्त्री आनन्दराज त्रिपाठी लगायतको उपस्थिति थियो ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...