काठमाडौं । कांग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाई बहुमतको आडमा सरकारले अधिनायकबादको बाटो समात्न खोजेको बताउँदै लोकतन्त्रबादीका लागि त्यस्तो बाटो स्वीकार्य नहुने बताएका छन् । “दुईतिहाई बहुमतको दम्भ सरकारमा देखिएको छ”, उपसभापति निधिले भने “ स्थापनाकालदेखि नै लोकतन्त्रका पक्षमा लडेको कांग्रेस अधिनायकबाद बिरुद्धको लडाईमा सधैं अग्रमोर्चामा हुनेछ ।”
राजधानीको भृकुटीमण्डपम जारी पुस्तक मेलामा नेपाली राष्ट्रिय कांग्रेसका संस्थापकमध्येका एक डीवी परियारको अनुभब र उहाका बारेमा शंकर तिवारीले तयार पारेको फ्रम इण्डियाज् फ्रिडम टु नेपाल्स डेमोक्रसी नामक पुस्तकको बिमोचन गर्दै नेता निधिले संबिधान संशोधनको कुरा उठ्नसाथ कम्युनिष्ट नेताहरुले दुईतिहाईबाट नया संबिधान जारी गर्ने कुरा गर्न थालेको बताए । नेपाल र भारतको लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका नेता परियारको बारेमा लेखिएको किताब पछिल्लो पुस्ताका लागि पठनीय सामग्री भएको उपसभापति निधिले उल्लेख गरे ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...