
नयाँ बिकल्प,
काठमाडौं नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका सदस्य डा. अमरेसकुमार सिंहले सांसद पदबाट राजिनामा दिने भएका छन्। प्रदेश नं २ का सबैजसो जिल्लामा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै कांग्रेस सांसद डा. सिंहले राजिनामा दिने बताएका हुन्।
पार्टी उपसभापति विमलेन्द्र निधीका कारण प्रदेश नं २ भरी नै क्रियाशिल सदस्यता वितरणमा मनोमानी भएको र पार्टी नेतृत्वले चासो नदेखाएको भन्दै सांसद पदबाट नै राजीनामा दिन भनेर बुधबार साँझ सांसद डा. सिंह प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
सिंहसँगको भेटमा सभापति देउवाले क्रियाशिल सदस्यता बिबादको विषयमा असन्तुष्ट नेताहरु पार्टी केन्द्रीय कार्यालयमा समेत धर्ना र आमरण अनसनमा बसेको आफूलाई थाहा भएको भन्दै त्यसको समाधान खोज्न पदाधिकारी बैठकमा कुरा राख्ने बताएका थिए।
नयाँ बिकल्प डटकमसँगको कुराकानीमा डा. सिंहले भने ‘क्रियाशिल सदस्यता वितरणमा सर्लाहीदेखि प्रदेश २ का हरेक जिल्लामा बिबाद र किचलो बढाउने काम पदाधिकारीबाटै भएको बताए।
पार्टीको विधि, नीति, निर्देशिका सबैलाई लत्याएर पार्टीमा दुःख गर्ने र पुराना कार्यकर्तालाई सदस्यता नदिनएको सिंहले गुनासो गरे । सर्लाही क्षेत्र नम्बर ४ बसबरिया गाउँपानिकाका रामगोविन्द रायले बुधवारबाटै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनसमेत शुरु गरहेका छन्।
मुलुकका प्रथम राष्ट्रपति डा. रामबरण यादवका पुत्र समेत रहेका कांग्रेसका पूर्वसांसद डा. चन्द्रमोहन यादवसहित तीन नेता तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालयमा आमरण अनसन बसेका छन्।
पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका पार्टी उपसभपाति विमलेन्द्र निधीका कारण किचलो झिकिएको भन्दै पार्टीका जिल्ला र केन्द्रीयस्तरका नेताहरुले गुनासो गरिरहेका छन्।
राजिनामा दिन भनेर बालुवाटार पुगेका सांसद डा. सिंहलाई प्रधानमन्त्री देउवाले राजिनामा नदिन सम्झाउँदै सिंहको माग संवोधन गर्ने आश्वासन दिएका छन्।
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनुका...
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...