
नयाँ बिकल्प,
काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै श्री ५ बडामहाराजको संज्ञा दिएका छन्।
पुष्पलाल मित्रता केन्द्रले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपालले महाराजाको शैलीमा अध्यक्ष ओलीले आफूहरूलाई विहीबार आममाफी दिएको घोषणाप्रति यस्तो कटाक्ष गरेका हुन्।
नेपालले भने, ‘हिँजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’
ओलीमा महाराजाको शैली र दम्भ कायम नै रहेकाले एकतामा समस्या आएको भन्दै नेपालले स्पष्टीकरण सोध्नु नै गलत भएको बताए। उनले एमालेको एकता र ओलीको सुधारका लागि आफू अहिले पनि संयमतापूर्वक बोलिरहेको पनि दाबी गरे।
‘डोरी जल्यो तर गाँठो उस्ताको उस्तै’ छ भनेजस्तै मान्छे सुध्रिएलान् भनेर बसेको तर प्रवृत्ति उही देखिएको बताए। ‘महाराजधिराज खुशी हुनु भएको छ। हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो। यही हो पद्धति? यसलाई कम्युनिष्ट पद्धति भनिन्छ?’ नेपालको प्रश्न थियो।
‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो?, नेपालको प्रश्न थियो। उनले बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको कटाक्ष गरे।
उनले भने, ‘मसँगै जोडिएका २३ जनालाई सलाम भन्न चाहन्छु। ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन। उहाँलाई पनि सलाम भन्न चाहन्छु।’
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउनुका...
म्याग्दी : म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ । गत असोज दोस्रो साता आएको बाढीपहिरोका कारण खानेपानी...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो दिन आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न १२:३०...