प्रधानमन्त्रीको गृह जिल्लामा कमिसनको घनक्कर – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

प्रधानमन्त्रीको गृह जिल्लामा कमिसनको घनक्कर

पीडित ठेकेदार भन्छन् ‘पाउने पैशा दिँदैनन्, थुन्न धम्की दिन्छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा नेकपाका कार्यकर्तादेखि कर्मचारीसम्मको दादागिरीले स्थानीय ठेकेदारहरु पीडित बनेका छन् । ओलीले झापाका बिकास निर्माणको काम दू्रत गतिमा हुनु पर्ने भन्दै झापाका स्थानीय कर्मचारी, पार्टी नेतृत्व र जनप्रतिनिधिलाई दिएको निर्देशनलाई आधार बनाउँदै कार्यकर्ता र कर्मचारीहरु यतिवेला ठेकेदारलाई दुहुनु गाई मात्र बनाएका छैनन कि उनीहरुलाई उठीवास नै लगाउन खोजेको छन् ।

झापामा भएका एक पछि अर्को घटनालाई हेर्ने हो भने प्रधानमन्त्रीको आठमा झापाका कर्मचारीले एकातिर ठेकेदारले नियमसंगत ढंगले काम सम्पन गरेको रकम दिन मानिरहेका छैनन भने अर्को तिर निर्धारित समयमै काम नगरेको भन्दै उल्टै थुन्ने धम्की दिएका छन् । झापाको गौरादह बजारदेखि नगरपालिकाको वार्ड नं ९ बैगुनधुरासम्म निर्माणाधान सकडमा ठेकेदारलाई मापदण्ड विपरित कमसल काम गर्न दबाब दिनेदेखि कमिसन दिन नमान्ने नमान्नेलाई थुन्ने सम्मको धम्की दिएका थिए । यसरी धम्की दिनेहरु कर्मचारीदेखि जनप्रतिनिधि र नेकपाका कार्यकर्तासम्म रहेका छन् ।

पछिल्लो समय झापाको भद्रपुरस्थित चन्द्रगढीमा निर्माण भएको गिरिजाप्रसाद कोइराला सभागृह निर्माणको ठेक्का पाएका निर्माण व्यवसायि सन्दिपकुमार शाहले आफूले निर्माण कार्य सम्पन्न भएको एक बर्ष वितिसक्दा पनि रकम नपाएको गुनासो गरेका छन् । उनले जिल्ला समन्वय समितिदेखि हरेक निकायमा आफूले ठेक्का सम्झौताबापत काम गरिसकेर विल भर्पाई बुझाए पनि अझै चार करोड रुपैयाँ नपाएको गुनासो गरेका छन् ।

उता प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र कमल गाउँपालिकाको केर्खाबाट क्याम्पा सरङपाडा हुँदै अर्थमन्त्रीको गृह नगर वैगुनधुरा जोड्ने आठ किलोमिटरमध्ये चार किलोमिटर सकड निर्माणको ठेक्का पाएका साहले २० प्रतिशत मात्र काम गरेका छन् । तर प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा काम ढिलाई भएको भन्दै जिल्ला प्रहरी कार्यालयले भने निर्धारित समयमा काम अघि नबढाएको भन्दै थुनिदिने धम्की दिएका छन् । साहले भने आफूले नियमसंगत ढंगले सम्पन्न गरेको कामको पैशा निकासा नभएसम्म ऋणमाथि ऋण काडेर ठेक्काको काम गर्न नसक्ने बताई सकेका छन् ।

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ असार १८, ०६: २३

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ असार १८, ०६: २३

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ असार १८, ०६: २३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...