काठमाडौंं । नेपाल र भारतबीच विभिन्न समयमा भएका द्विपक्षीय सहमति र १९५० मा भएको शान्ति तथा मैत्री सन्धी र अन्य सन्धी सम्झौताको नविकरण, समयसापेक्ष बनाउन तिनको परिमार्जन र सुधार गर्नका निम्ति सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को बैठक शनिबार सम्पन्न भयो । नेपाल र भारतबीचका सन्धी र सम्झौताहरुको समग्र अध्ययन गरी दुई देशबीच सुझाव पेश गर्ने छन् ।
शनिबार सम्पन्न नवौं बैठकले सन् १९५० को शान्ति तथा मैत्री सन्धी, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत दुवै मुलुकका राष्ट्रिय हित लगायत विषयमा छलफल गरेको थियो । दुई दिने उक्त बैठकले यिनै विषयहरुमा छलफल गरी साझा प्रतिवेदन तयार पारेको छ भने उक्त प्रतिवेदन नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाउने छ ।
इपिजीमा नेपालका तर्पmबाट डा. भेषबहादुर थापा छन् भने सदस्यहरुमा डा. रान भट्टराई, पूर्व मन्त्री निलाम्बर आचार्य र पूर्व सचिव सूर्यनाथ उपाध्याय रहेका छन् । त्यसैगरी भारतका तर्पmबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी संयोजक रहेका छन् भने नवौं बैठकमा पूर्व राजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती सहभागि थिए ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...