काठमाडौं । मुलुकमा यतिवेला टिपरले मान्छे मार्ने बन्दुक वा बमको पहिचान बनाएको छ । भक्तपुर, काठमाडौं, झापादेखि मुस्ताङसम्म पनि टिपरले मान्छे मारेर आतंक सृजना गरेका छन् । दादागिरी र ठेकेदारको संरक्षण तथा टिन एजर्सलाई चालकको जिम्मेवारी दिएका कारण दिन दुई गुणा रात चौगुणा टिपरको आतंकले मुलुक नै अक्रान्त छ । पछिल्लो पटक विहिबार मुस्ताङमा भएको टिपर दुर्घटना झन हृदयबिदारक र कारणीक छ । सडक निर्माणमा खटिएको मजदुरलाई ओसार्न टिपर प्रयोग गरिनु र तिनीहरुलाई कोचाकोच गरेर हाल्नुले दुर्घटना झन भयाबह बनेको थियो ।
कुनै पनि देशमा मजदूरका लागि आवासस्थलदेखि निर्माणस्थलसम्म जान यात्रुवाहक सवारी साधानको ब्यवस्था गरिएको हुन्छ तर नेपालमा एउटा टिप्परमा ३५ जना मजदूर ओसार्ने स्थिति कहिलेसम्म रहने ? निर्माण कम्पनीले एउटा डोजर वा टिप्पर किन्दा विमा गरेको हुन्छ तर सयौं मजदूर परिचालन गर्दा उनीहरुको जीवन विमा गर्न नपर्ने अवस्थाले नेपालमा श्रमिक बर्गको हालत कस्तो छ भन्ने प्रष्ट हुन्छ । सरकारलाई आफूहरुलाई श्रमिक बर्गको पहरेदार र हिस्सेदार भनेर दाबी गरिरहँदा मुस्ताङको यो दुर्घटनाबाट ठेकेदारलाई त केही घाटा भएन होला तर मानविय क्षति र त्यसबाट उत्पन्न त्रासदीको बर्णन गरिसाध्य छैन ।
टिपर चालकहरुले लापरवाही तरिकाले सवारी चलाउँदा भएको मानविय क्षति अपुरणीय छ र परिपूरण पनि पाउँदैनन तर भौतिक क्षतीको भने विमा गरेका कारण कुनै पीडाबोध हुँदैन । सरकार जसको आए पनि सवारी चालकले लापरबाहीपूर्बक सवारी चलाउँदा पुर्याएको मानविय क्षतिलाई ज्यान मारेको उद्योगमा कारबाही गरेको घटना र नजिर नहुनुले पनि सवारी चालकमा मैमत्त पनि देखिन्छ । टिपर चालकलाई ठेकेदारले संरक्षण दिएको हुन्छ तर यात्रु वा श्रमिकको बिमान गरिएको हुँदैन र संरक्षण गर्नु पर्ने राज्यले दायित्व सम्झँदैन् ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...