काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा देशको हालत बेहाल भएको भन्दै पुरानो सरकारले काम गर्दा काठमाडौंका सडक हिलाम्मे र फोहोर भएको दाबी गरेका छन् । उद्योग परिसंघको १५ औं साधारण सभाको शनिबार उद्घाटन गर्दै ओलीले बाटामा खाल्टा भएको बिषयलाई लिएर केहीले खाल्टा खुल्टिका गीत गाईरहेको कटाक्ष गरे । ‘यी खाल्टा मैले ४ महिनामा बनाएको हो ? अब मैले कता कता खाल्टा पुर्ने, थानकोट गए उस्तै छ, नगरकोट जाने उस्तै छ, गोकर्ण जाने बाटो उस्तै छ ।
कोटेश्वरका छेउको बाटो उस्तै छ’ ओलीले भने ‘यी बाटो खाल्टाखुल्टी पार्ने काम मैले गरेको हो ? अब अर्काे बर्खा यसरी डुब्ने अवस्था नआोस भनेर सरकार सचेत रहेको वताए । ओलीले अहिले केही असुविधा देखिएको स्वीकार्दै असुविधा आफूले नभएर अहिले कराईरहेकाहरुले सिर्जना गरेको आरोप लगाए । ओलीले दुई महिना कराएर आनन्द लिनेहरुले लिए पनि आगामी बर्षदेखि यस्तै बाटोको समस्या काठमाडौंमा नरहने दाबी गरे । उनले पूँजीपतिले पूँजी लगानी गरेर उद्योगधन्दा स्थापना गर्ने ठाउँमा राज्यले बाटो, विद्युत र फोन विस्तार गर्न बजेट छुट्याउँछ, तिनै उद्योगधन्दा र निर्माण कम्पनीहरुमा काम गर्ने मजदूरको सामाजिक सुरक्षाका लागि आवश्यक बजेट किन नछुट्याउने ? भनी प्रश्न गरेका छन् । उनले सुरक्षा भनेको कसैले भौतिक हमला नगर्नु मात्रै नभएको जनाए ।
उनले आफूहरुले बजारबाट किनेर ल्याएको तरकारी र फलफूलमा विषादी हुनु र कसैले सित्तैमा दिएको चीजमा होइन, पैसा हालेर किनेर ल्याएको चीजमा बिषदी हुने गरेको स्वीकारे । गंगामाया अधिकारी छोरा कृष्णप्रसाद अधिकारीको हत्याराको खोजी गरी न्यायको कठघरामा ल्याउन माग गर्दै आमरण अनसन बसेको चालिस दिनभन्दा बढी भए पनि प्रधानमन्त्री ओलीले जायज र न्यायोचित मागका लागि समाजमा कुनै पनि व्यत्ति तड्पीनु नपर्ने दाबी गरे । उनले आफ्नो यस्तो कदमलाई केही मान्छेहरु यही अभियानलाई अधिनायकवाद ठानेर तर्सिएका छन भने । ओलीले सबैले खान लाउन पाउने हो भने, सबैका छोराछोरीले स्कुल पढ्न पाए भने हामी धनी भएको के काम लाग्यो र अरु पनि धनी भए भने हामीले महंगो गाडी चढेको के काम लाग्यो भनेर समाजबाद उन्खुम अभियानलाई अधिनायकबाद देख्ने र यसबाट तर्सिनेहरु पनि रहेको वताए ।
उनले लोकतन्त्र भनेको ठाउँमा लोक नै भोको छ भने केको लोकतन्त्र ? भनी प्रश्न गरे । उनले अघिल्लो पटक प्रधानमन्त्री हुँदा दुई वर्ष भित्र देशबाट तुईन विस्थापन गर्ने घोषणा गरेको स्मरण गरे । उनले आफू पहिलोपटक प्रधानमन्त्री भएको समयमा तुईनका लागि विनियोजन गरेको बजेट ३० करोड रुपैयाँ हटाउन लगाएको दाबी गरे । तर मुलुकमा रहेका तुईन ६० प्रतिशत पनि अझै कायम छन् ।
उनले ९५ वटा तुईन विस्थापन गरिसकेको दाबी गर्दै ५० वटा जति पनि विस्थापन हुने तयारीमा रहेको भन्दै महाकालीमा भएका तुईन हटाउन पनि भारतसँग सहमती भएको बताए । उनले १६ वटा स्थानमा तुईन विस्थापन संभव छैन भन्ने प्राविधिक रिपोर्ट आएकोले अब तुइन उपयुक्त नभएको ठउँमा केबलकार चलाउन सक्छौं ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...