देउवाको शरणमा किन पुगे पौडेल – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

देउवाको शरणमा किन पुगे पौडेल

देउवाले आरजु र पौडेलले चिन्तनलाई अघि सार्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल अन्तत सभापति शेरबहादुर देउवाको जालोमा परेका छन् । पार्टीलाई अनुशासित, विधि विधान बमोजिम चलाउने, मुल्याङ्कनको सस्कार र थिति चलाउने भन्दै सभपाति देउवाको बिरोधमा उत्रिएका पौडेल अन्तत देउवाको जालोमा परेका हुन् ।

विगत दुई बर्षदेखि देउवासँग पानी बाराबारको सम्वन्ध भएको देउवा र पौडेलबीचको सम्वन्धमा एक्कासी आएको परिवर्तन र एकताको बनावटी सन्देशले धेरैलाई चकित पनि बनाएको छ । एकपछि अर्को राजनीतिक घटनाक्रममा कमजोर भएका सभपाति देउवाले अन्तत महामधिवेशनमा सभपातिमा प्रतिष्पर्धी भएका नेता पौडेललाई नै साथमा लिन बाध्य भएको देखिन्छ ।

यहाँ नेपाली कांग्रेसका सभापति तथा मुलुकको कार्यकारी पद प्रधानमन्त्री चार पटक भइसकेका राजनीतिज्ञ शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा गत सोमबार लिइएको यो तस्वीरले पनि देउवा र पौडेलको सम्वन्धमा आएको नाटकिय परिवर्तनलाई धेरैले अचम्मसँग हेरेका छन् । तस्बीरको दायाँतिर देउवा, माझमा कांग्रेस कार्यवाहक सभापति भइसकेको नेता रामचन्द्र पौडेल र वायाँतर्फ पौडेलपुत्र चिन्तन रहेका छन् । यो तस्बीर पौडेलपुत्र चिन्तनले सोमबार राति १० बजेर २९ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् । कांग्रेसको राजनीतिमा प्रवेश गर्नुअघि देउवा र पौडेल दुवै नेपाल बिद्यार्थी संघमा आवद्ध थिए ।

दुवै नेता नेबिसंघका संस्थापक पनि हुन् । पार्टीको बरियता र मर्यादाक्रममा धेरै समयदेखि देउवामाथि र पौडेलपछि पर्दै आएका छन् । यि दुईको मित्रता र तिक्तता २०२७ सालमा नेबिसंघ गठनदेखि नै थियो । नेविसंघको अध्यक्ष हुन ठिक्क परेका पौडेल अन्तत तत्कालिन शीर्ष नेताको आग्रहमा पछि हट्न बाध्य भए र देउवाले अध्यक्षको माला पहिरिए । तर केन्द्रीय कार्य समिति सदस्यको माला भने देउवाभन्दा पहिले पौडेलले नै पहिरिएका हुन् । पार्टीमा समानान्तर हैसियतमा रहेका दुवै नेता कहिले अघि र कहिले पछिको लु्कामारी खेल्दै आएका छन् । पार्टीको १३ औं महाधिवेशनमा पनि देउवा र पौडेल सभापतिमा आमुन्ने सामुन्ने भए ।

महाधिवेशनबाट देउवा सभापति भए र पौडेल पराजित । सभापतिमा पराजित भएदेखि पौडेल र देउवाको सम्वन्ध पानी बाराबारको थियो । तर देउवा निवासमा पौडेलको छोरासहित पाँच घण्टा लामो बार्ता र मित्रलापलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । सभपातिमा पराजित पौडेल देउवासँग झन रुष्ट भए जतिबेला सबैभन्दा प्रभावशाली भातृ संस्था नेपाल बिद्यर्थाी संघको ११ महाधिवेशनमा पौडेलपक्षधर उम्मेदवारको प्यानललाई पराजित गर्न देउवाले पुरानो संस्थापन पक्षबाट अलग भएर तेश्रो धारको नेतृत्व गरिरहेका कृष्णप्रसाद सिटौलाको सहयोग लिए । सिटौलाको सहायतामा देउवाले महिला संघको महाधिवेशनमा त पौडेल समूहका उम्मेदवारलाई पटा नै लगाए । पौडेल पक्षधर उम्मेदवारमध्ये कल्याणी रिजालले मात्र केन्द्रीय सदस्य जितिन् ।

गत बर्ष भएको स्थानीय तह, प्रदेश तह र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार चयन गर्दा र समानुपातिक उम्मेदवारको नाम छनोटमा आफ्नो पक्षलाई बिभेद गरिएको गुनासो गरेका पौडेललाई तेश्रो धारको नेतृत्व गरेका सिटौलाले पनि साथ दिए । निर्वाचनमा कांग्रेस पराजित भएको दोष सभापतिले लिनु पर्ने भन्दै पौडेल र सिटौलापक्षले आक्रोस र आरोप लगाउँदै गर्दा सभापति देउवामाथिको आक्रोसले देशव्यापी रुप लियो । निर्वाचन पराजयको जिम्मा लिँदै नेतृत्व परिवर्तनको लागि हालका पार्टी प्रवक्ता विश्वप्रकाशसहति यूवा नेताहरु गगन थापा, धनराज गुरुङ, चन्द्र भण्डारी, गुरुराज घिमिरेसहितका आठ यूवा नेताले देशव्यापी दबाबमुलक कार्यक्रम नै सञ्चालन गरे । यूवा नेताको दबाबलाई छल्न देउवाले शर्मालाई प्रवक्तामा चयन समेत गरे ।

निर्वाचनमा कांग्रेस पराजित भएर पनि करिव तीन महिना सत्तामा रहेका देउवाले चुनाव कांग्रेसले नहारेको दाबी गर्दै रहे । उनको दाबी थियो,‘ समानुपातिकमा कांग्रेसको मत घटेको छैन र ०६४ सालको भन्दा झन बढी छ ।’ पार्टी भित्रको आफ्नै गुटका आकांक्षीलाई व्यवस्थामनमा पारंगत देउवाले संसदीय दलको नेतामा प्रतिष्पर्धी प्रकाशमान सिंहलाई भारी मतले पराजित गरे । असन्तुष्टलाई ठेगान लगाउने देउवाको योजना धेरै दिन टिकेन । उनी सत्ताको आडमा असन्तुष्टहरुको आवाजलाई समन गर्न चाहन्थे तर यो योजना चार महिनामा करेक्सन गर्न बाध्य भए । कर्मचारी युनियन, शिक्षक संघ र कांग्रेसको सबैभन्दा धेरै सदस्य रहेको संस्था नेपाल ट्रेड युनियनको महाधिवेशनमा संस्थापन पक्ष पत्तासाफ सरह भयो । असन्तुष्ट गुटका नेता पौडेल र सिटौलाको गठबन्धनले संस्थापन पक्ष कमजोर भएको महसुस गरेका देउवा जिल्ला सभापतिको भेलापछि भने यु टर्नमा पुगेका हुन् ।

सम्बन्धित समाचार

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि छानबिन गर्न सिफारिस
  • २०७५ असार २५, ०७: २१

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...

सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
सुशीला कार्कीदेखि सुधन गुरुङसम्मलाई अनुसन्धान गर्न आयोगको सिफारिस
  • २०७५ असार २५, ०७: २१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...

मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
मानव अधिकार आयोग प्रतिवेदन : रवि लामिछानेमाथि फौजदारी कसुरमा अनुसन्धान र कारबाही गर्न सिफारिस
  • २०७५ असार २५, ०७: २१

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...