काठमाडौं । प्रधानमन्त्री ओलीले आफूले आफ्नो साथमा रहेका मन्त्रिपरिषद सदस्य र व्युरोक्रेसीलाई सँगसँगै हिँडाउन नसकेको स्वीकारे । अहिलेसम्म हाम्रो युवा जनसंख्या धेरै छ । ६० प्रतिशत भन्दा धेरै पपुलेसन वर्किगं पपुलेशन छ । उनले बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ७६ करोड बजेट छुट्याईएको तर साढे चार अर्बको ठेक्का गरेर अराजकता निम्त्याएको वताए । यस पटक वित्तीय अनुशासनहिनताको कारणले हामी धेरै अप्ठेरो चुनौति सामना गरिरहेका छौं ।
स्रोत सुनिश्चत नभएको कुरामा स्रोत सुनिश्चि गरिएको छ भनेर लेख्दैमा स्रोत सुनिश्चित हुन्छ ? उदाहरणका लागिः बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ७६ करोड बजेट छुट्याईएको थियो । तर साढे चार अर्बको ठेक्का गरेको छ । यस्तो अराजकता थियो । उनले आफूहरुलाई कागज चाहिँदैन् ल ? खोइ कागज कारखाना ? वाँसबारी जुत्ता कारखाना सरकारले बेचेको होइन ?
सरकार र निजी क्षेत्र मिलेर उद्योग बन्द गर्ने होइन, नयाँ खोल्ने हो । कागज कारखाना मिलेर खाएको होइन र ? यो हाम्रो सरकारको बाटो होइन । हामी बन्द भएको उद्योग पनि खोल्न तयार छौं । रुग्ण उद्योगका स्तरोन्नती गर्न हामी तयार छौं भनिन् । ‘के निउँ पाउँ कनिका बुकाउँ’ भनेर दुई चार जना मान्छे कुदेको दाबी गरे । उनले भने ‘यसको केही अर्थ छैन् । अब हड्ताल एरा समाप्त भयो । दिल्लीमा के राष्ट्रपति भवन अगाडी प्रदर्शन गर्न दिन्छ र ?’ ओलीको प्रश्न थियो ।
लोकतन्त्रमा जहाँ पनि प्रर्दशन गर्न पाउनुपर्छ भनेर हुँदैन उनले भने ‘बोल्न पाईएन भनेर मान्छेको रोइलो हेर । नेपालमा मिडियाले गाली नगरेको कोही मान्छे छ । बच्नु भएको छ भने तपाई भाग्यमानी हो ।’
सामाजिक सीमा र मर्यादाको ख्याल गर्नुपर्ने भन्दै ओलीले लोकतन्त्र र छाडातन्त्र एउटै होइन भन्दै मनपरीतन्त्र गरेर आफ्ना अधिकारका कुरा गर्दा अरुको मान मर्दन गरेर नहुने भन्दै बोल्न नै केही वाँकी नरहेको उनले बताए । उनले सरकार विकासको युगमा अघि बढेकोले अब बन्द र हड्ताल आन्दोलन निषेध गर्ने बताए ।
ओलीले कांग्रेस नेतृत्वप्रति लक्षिग गर्दै शान्तिपूर्ण ढंगले बाटोमा हिडिरहेका मानिसलाई गोली हानेर मार्नेहरु यो ठाउँमा विरोध प्रर्दशन गरौँ भन्दा कोकोहोलो मच्चाइ रहेको वताए । उनले घरभित्र गएर बच्चालाई गोली हान्नेहरु, गोलीको आँखा हुदैन त के गरौं भनेर जवाफ दिनेहरु अहिले अधिनायकवाद आयो, सहनै नसकिन भयो भनेर चिच्याका छन भनेर प्रमुख प्रतिपक्षी कांग्रेसलाई कटाक्ष गर्नु भयो ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...