विश्वविद्यालयकाे परीक्षामा सहभागी हुने परीक्षार्थीलाई कोरोना खोप दिने – Naya Bikalpa
March 28, 2024, Thursday

विश्वविद्यालयकाे परीक्षामा सहभागी हुने परीक्षार्थीलाई कोरोना खोप दिने

नयाँ विकल्प,

काठमाडौं – सरकारले प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप परीक्षार्थीलाई दिने भएको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।


काठमाडौं जिल्लामा वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल पानीपोखरी, शसस्त्र प्रहरी अस्पताल बलम्बु र राधास्वामी आइसोलेसन खोप केन्द्र बसुन्धराबाट छिट्टै प्रवेश पत्रका आधारमा खोप दिइने भएको हो । सरकारले ५५ देखि ६० हजार विद्यार्थीलाई यसरी खोप लगाउने जनाएको छ ।

संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो ।


परीक्षामा सहभागी विद्यार्थीमा कोरोना संक्रमणको जोखिम बढ्नुका साथै मनोवैज्ञानिक त्रास उत्पन्न भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग खोपको व्यवस्था गर्न संयुक्त रुपमा विद्यार्थी संगठनले माग गरेका थिए ।

सम्बन्धित समाचार

एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
एमडीएमएस खरिदमा भ्रष्टाचार,विशेष अदालतमा मुद्दा दायर
  • २०७८ श्रावण २७, १९: ३४

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर...

सुदूरपश्चिमका मुख्यमन्त्रीले तोके दुई मन्त्रीको जिम्मेवारी
सुदूरपश्चिमका मुख्यमन्त्रीले तोके दुई मन्त्रीको जिम्मेवारी
  • २०७८ श्रावण २७, १९: ३४

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन् ।...

अल्झिएर बसेका आयोजना आगामी आर्थिक वर्षमा खारेज गरिनेः प्रधानमन्त्री
अल्झिएर बसेका आयोजना आगामी आर्थिक वर्षमा खारेज गरिनेः प्रधानमन्त्री
  • २०७८ श्रावण २७, १९: ३४

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफल हुन नसक्ने सयौँ आयोजना रहेको भन्दै त्यस्तो आयोजनालाई खारेज गरिदिने बताएका छन् । बजेट...