
नयाँ बिकल्प ।
काठमाडौं । स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले साउन महिनामा मात्र ३३ लाख खोप नागरिकलाई लगाएको बताएका छन्।
प्रतिनिधिसभाको विहीबारको बैठकमा विशेष समय लिएर बोल्दै राज्यमन्त्री श्रेष्ठले आगामी दुई महिना भित्र एक करोड ५० लाख खोप आउने सुनिश्चित भइसकेकोले यही समयवधि भित्र कूल जनसख्याको ३३ प्रतिशत नागरिकले खोप पाउने जनाए।
उनले पूर्ववर्ती सरकारको समयमा ९७ लाख खोप प्राप्त हुने सुनिश्चित भएकोमा ४२ लाख खोप मात्र असार मसान्तसम्म लगाइएको जनाए। नेपालमा खोपको भण्डारण क्षमता २५ लाख मात्र रहेकोले प्राप्त खोप दैनिक डेढदेखि २ लाख नागरिकलाई लगाउँदै जाने योजना रहेको बताए।
राज्यमन्त्री श्रेष्ठका अनुसार हालसम्म नेपालमा १ करोड ८ लाख ६० हजार १७० डोज खोप आईसकेको र तीन करोड ३६ लाख ७१ हजार ९५० डोज खोप आउने प्रक्रियामा छ। नेपाललाई जम्मा ५ करोड २३ लाख खोप उपलब्ध हुने छ।
हालसम्म नेपालमा महिलो डोज खोप लगाउनेको संख्या ४५ लाख ७० हजार ५५३ अर्थात १५ दशमलव ५ प्रतिशत रहेको छ भने पूर्ण डोज खोप लगाउने नागरिकको संख्या २५ लाख ८८ हजार ३६० रहेको छ । हालसम्म नेपालमा ९ लाख भेरोसेल, ११ लाख ५० हजार कोभ्याक्स र २१ हजार जोनसन खोप स्थानिय तहमा मौज्दात रहेको छ।
यस्तै केन्द्रीय भण्डारणमा एष्ट्रोजिेन १ लाख ६१ हजार र १२ हजार जोनसन खोप मौजदात रहेको छ।
कहाँबाट कति खोप आयो ?
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले कोभिसिल्ड १० लाख भारतबाट आएको, कोभिसिल्ड एक लाख नै भारत सरकारले नेपाली सेनालाई अनुदान दिएको, भेरोसेल ८ लाख चीनबाट उपलब्ध भएको, भोरोसेल १० लाख थप डोज चीनबाटै अनुदान प्राप्त भएको बताए।
राज्यमन्त्री श्रेष्ठका अनुसार ज्युरान्जे १३ लाख ३४ हजार संयुक्त राज्य अमेरिकाबाट अनुदान प्राप्त भएको, भारतबाट पछि १० लाख डोज कोभिसिल्ड प्राप्त भएको चीनबाट भेरोसिल ४० लाख डोज भेरेसेल खरिद गरिएको छ ।
त्यस्तै, असोजमहिनासम्म जापानले उपलब्ध गराएको एष्ट्रोजेनिक १६ लाख खोप, चीनबाट अनुपादनस्वरुप भेरोसेल १६ लाख डोज र ६० लाख भेरोसेल सिनोफाम चीनबाट आउँदै गरेको प्रक्रियामा रहेको छ। त्यस्तै भुटानबाट २ लाख ३० हजार अनुदान आएको छ । यी सबै खोपहरु असोजमसान्त भित्र लगाइ सकिने भएको छ।
सरकारले ५ करोड ४० लाख डोज खोप लगाउने ग्यारेण्टि भएको भन्दै स्वास्थ्य राज्यमन्त्र िश्रेष्ठले कोभ्याक्स सुविधा, फाईजर, मोडर्ना, विश्व स्वास्थ्य संगठनबाट प्राप्त हुने सुविधा, अनुदान र खरिद गरिएका खोप अब प्राथमिकतामा आधारमा लगाइने भएको छ।
कसले पाउँदैछन अब खोप ?
सरकारका अनुसार यो साता भित्रै सरकारले खोप लगाउन वाँकी १३ लाख ५० हजार ज्येष्ठ नागरिकलाई खोप लगाइसक्ने, त्यसबाट बचेको खोप १९ वर्षमाथिका विद्यार्थीलाई र त्यसपछि सिन्धुपाल्चोकका मेलम्ची बाढी पीडित स्थानीयलाई उपलब्ध गराउन भएको छ।
त्यस्तै, होटल रेष्टुरेण्टका संलग्न भएका, सार्वजनिक यातायातका चालक र सहचालक, बढी संक्रमित भएको जिल्ला काठमाडौं झापा, भारतसँग सीमा जोडिएका तथा जनघनत्व भएका १५ जिल्लाको नगर क्षेत्र र १२ देखि १८ वर्ष उमेर समूहका बालबालिाकालाई खोप लगाइने छ।
नेपालमा हाल ३८ हजार बढी सक्रिया संक्रमित भइसकेका छन् भने १९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। कोभिड १९ को तेश्रो भेरियण्ट आउने सम्भावनालाई ध्यानमा राख्दै सरकारले ९ हजारलाई सघन उपचार सेवा आवश्यक पर्ने र ३८ हजार संक्रमितलाई अस्पतालमा राख्नु पर्ने अनुमान प्रक्षेपण गरेको छ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...