काठमाडौ । निकै शालिन र कुसल नेतृत्व भनेर महानगरीय प्रहरी परिसरमा आएका प्रहरी प्रमुख श्विराज पोखरेल यतिखेर विवादमा तानिएका छन् । सत्तारुढ दलकी एक चकलेटी सांसद नविना लामाको प्रभावमा परेर एक गुण्डालाई छाडेपछि एसएसपी पोखरेलको साख प्रहरी संगठनमा गिरेको छ । उनलाई प्रहरी संगठनमा निकै आदर्श र क्षमतावान प्रहरी अधिकृतको रुपमा हेरिने गरिएको थियो । तर उनको गुण्डालाई समेत तह लगाउन नसक्ने ल्याकत देखेर प्रहरी प्रमुख सर्वेन्द्र खनालदेखि सरकारका मन्त्रीसमेत चकित भएका छन् ।
नवराज सिल्वाललाई बयान लिएर निकै चर्चा र बिबादमा तानिएका पोखरेल जो सरकारमा आए पनि चाकडी बजाएर पावरमा बस्न पछि पर्दैनन् भन्ने उदाहरण अहिले देखिन थालेको छ । उनीले यतिवेला निकै हडबडाउन थालेको भान हुन थालेका छन् । उनी आफू के गर्दैछु, किन र कसरी गर्दैछु भन्ने समेत बिर्सदै गएका छन् । एकै दिनका दुई घटनालाई लिने हो भने पहिलो त सार्वजनिक मुद्दा दर्ता गरिएका गुण्डा नाइके दावा लामाका उत्तराधिकारी सत्यमान लामालाई एक महिला माननीय नसिना लामाले थर्काएकै भरमा लिएर गइछन् ।
सांसद लामाको हुँकारका अघि लत्रकै भएका पोखरेलको त्यो हर्कतबाट ७७ वटै जिल्लामा खराव नजिर रहने गरी हाजिरी जमानीमा छाडिदिएका छन् । पछिल्लो समय नेपाल प्रहरीको हिट लिस्टका गुण्डा हुन्, दावा लामा । प्रहरीको ‘क’ वर्गको सूचीमा रहेको दावाले महानगरीय अपराध महाशाखामा दिवेश लोहनी र काठमाडौंको प्रहरी प्रमुखमा रवीन्द्र धानुक आएसँगै काठमाडौं छाडेर सिक्किम बस्दै आएका थिए। दावाले काठमाडौं छाडेसँगै उनको गुण्डागर्दीको धन्दा काभ्रेको तिमाल गाउँपालिका–६, ठूलो पर्सेल स्थायी घर भएका सत्यमान लामाले सम्हालेका थिए ।
बजारमा ‘डल्ले सत्ये’ भनेर चिनिने सत्यमान लामालाई गुण्डागर्र्दी गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ ग¥यो । तर, पक्राउ परेको केही घण्टामै छुटेको घटनालाई आईजी खनाल र गृहमन्त्री रामबहादुर थापा बादलले समेत नोटिसमा राखेका छन् ।
लामाले ‘मेरो दाइ हो’ भन्दै गृह–सचिव प्रेमकुमार राईलाई फोन गरेर गुण्डा नाइके दावाका सहयोगी सत्यमानलाई छुटाएको गृह मन्त्रालयका एक अधिकृतले बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको लिखित आदेशमा छुटेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले सांसद नविनाको हाजिर जमानीमा राखेर अनुसन्धान गरिरहेको छ ।
‘सार्वजनिक अपराधसँग सम्बन्धित उसका तीन वटा मुद्दा भएपनि अहिले सांसदको जमानीमा छाडेको हो; उनी सुध्रिएको छैन फेरि ल्याउँछौ’ भनेर प्रहरीले दाबी गरे पनि यसरी सांसद्लाई प्रयोग गरेर प्रहरीलाई नै निकम्मा सावित गर्ने गुण्डा नाइकेका सहयोगी सत्यमानको विगत झनै कुरुप छ । ३३ किलो सुन तस्करीमा संलग्न भन्दै गृह–मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वले छानविन गरिरहेका राम तिवारीका पार्टनर हुन् सत्यमान ।
पछिल्लो ४ वर्षदेखि गुण्डा नाईके दावा लामासँग मिलेर काभ्रे र रामेछापमा हुने बुद्धचित्त मालाको काम गर्दै आएका सत्यमानविरुद्ध पटक–पटक माला लुटेको उजुरी पर्दै आएको थियो । दावा सिक्किम लागेपछि उनकै पुरानो ग्याङको सहयोगमा काभ्रे जिल्लामा रहेको महंगो बुद्धचित्त माला यस वर्ष उनले कब्जा गर्ने प्रयत्न गरेका थिए । त्यसका लागि उनले सांसद नविना लामालाई प्रयोग गरेको माला कारोबारमा संलग्नहरु बताउँछन् ।
गत साता उनले काभ्रे जिल्लाको सबैभन्दा महंगो मानिने रोशी गाउँपालिका–३ फोईमा रहेको माईली तामाङको माला लुट्ने प्रयत्न गरेका थिए । तर, प्रहरीको हस्तक्षेपपछि उनी माईली तामाङलाई २० लाख बुझाएर मात्र माला टिप्न बाध्य भएका थिए ।
एसएसपी पोखरेलको यस्तै कार्यशैलीबाट अहिले काठमाडौंका प्रहरी अधिकृत र ड्युटी अफिसरमा आक्रोस बढेको छ । पोखरेलको क्रियाकलाप अलिक हजम नभएको बृतका डीएसपीहरुले समेत गुनासो हेडक्वाटरमा गर्न थालेका छन् ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...