‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजारले पाए – Naya Bikalpa
August 26, 2026, Wednesday      Epaper

‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजारले पाए


नयाँ विकल्प,
काठमाडौं – कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ ।

नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरी सकिएको छ ।

नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन प्रभावकारी बनाउने प्रहरीले उक्त अभियानलाई पुनः प्रभावकारी बनाउन थालेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रहरीका अनुसार आज कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने २५७ लाई रु २५ हजार ७०० जरिवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड पालना नगर्ने ११ हजार ८९७ लाई सचेत गराइ छाडिएको छ ।

सम्बन्धित समाचार

त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
त्रिशूली बजारका ६० घर र दुई पक्की पुल बगायो, जलविद्युत् आयोजनामा क्षति
  • २०७८ श्रावण २८, २१: १३

नुवाकोट : रसुवाबाट आएको भीषण बाढीका कारण नुवाकोटको त्रिशूली बजार र देवीघाट क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले त्रिशूली...

बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
बाढीपीडितको उद्धारमा निजी हेलिकप्टरलाई अनुमति नचाहिने
  • २०७८ श्रावण २८, २१: १३

काठमाडौं । तिब्बतबाट आएको बाढीका कारण रसुवासहित नेपालका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीले भौतिक संरचनामा व्यापक क्षति...

रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
रसुवा बाढी : हिमनदी पग्लिएर बाढी आएको प्रारम्भिक अनुमान
  • २०७८ श्रावण २८, २१: १३

काठमाडौं : तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा आएको बाढीले ठुलो क्षति गरेको छ । तर क्षतिको यकिन विवरण संकलन गर्न भने समस्या...