महिलाले मात्र गराए ऐतिहासिक मतदान ! – Naya Bikalpa
February 6, 2025, Thursday

महिलाले मात्र गराए ऐतिहासिक मतदान !

त्रास असुरक्षाका बाबजुद पाँचथर जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा महिला कर्मचारीहरुले मात्र निर्वाचन सम्पन्न गराएका छन् । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै महिला रहेका थिए ।
प्रमुख निर्वाचन अधिकृत मनोज केसीका अनुसार उक्त मतदानस्थलमा रहेका २ वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहायक मतदान अधिकृत, कर्मचारी र सबै सुरक्षाकर्मीहरु महिला नै रहेका थिए । बिना कुनै अवरोध शान्तिपूर्ण रुपमा त्यस मतदान केन्द्रहरुमा निर्वाचन सम्पन्न भएपछि सो केन्द्रलाई नमूना मतदान केन्द्र मानियो । नमूना निर्वाचनका रुपमा ती दुवै केन्द्रमा महिला मात्रै कर्मचारी खटाइएको केसीले बताए ।

१ सय मतदान स्थल र १६५ मतदान केन्द्र रहेको पाँचथर जिल्लामा उक्त मतदान स्थलमा मात्रै महिला कर्मचारी खटाइएको थियो ।ती मतदान केन्द्रहरुमा महिला विकास अधिकृत निर्मला दाहाल र शिक्षक दयादेवी रिजाललाई मतदान अधिकृतका रुपमा खटाइएको थियो । पाचँथर जिल्लामा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमध्ये ५ जना महिला मतदान अधिकृत रहेका थिए । त्यसैगरी, २९ जना महिला सहायक मतदान अधिकृत खटिएका थिए भने जम्मा १०३१७ जना कर्मचारीमध्ये २८९ जना महिला कर्मचारी रहेको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले जानकारी दिए ।

सम्बन्धित समाचार

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
  • २०७४ मंसिर ११, ०८: १८

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...

कोशी प्रदेशको ऊर्जा र सिंचाइ विकासमा सांसदहरूको सुझाव
कोशी प्रदेशको ऊर्जा र सिंचाइ विकासमा सांसदहरूको सुझाव
  • २०७४ मंसिर ११, ०८: १८

काठमाडौँ  | ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजना तीव्ररूपमा अगाडि बढाउने सरकारको प्राथमिकता रहेको बताएका छन्।...

प्रचण्डको सरकारलाई प्रश्न– सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
प्रचण्डको सरकारलाई प्रश्न– सबै काम कार्यपालिकाले गर्ने भए व्यवस्थापिका किन चाहियो ?
  • २०७४ मंसिर ११, ०८: १८

काठमाडौं : प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले जारी गरेका अध्यादेशको विरोध गर्दै...