महिलाले मात्र गराए ऐतिहासिक मतदान ! – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

महिलाले मात्र गराए ऐतिहासिक मतदान !

त्रास असुरक्षाका बाबजुद पाँचथर जिल्ला सदरमुकाम फिदिम नगरपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा महिला कर्मचारीहरुले मात्र निर्वाचन सम्पन्न गराएका छन् । निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सबै महिला रहेका थिए ।
प्रमुख निर्वाचन अधिकृत मनोज केसीका अनुसार उक्त मतदानस्थलमा रहेका २ वटा मतदान केन्द्रमा मतदान अधिकृतदेखि सहायक मतदान अधिकृत, कर्मचारी र सबै सुरक्षाकर्मीहरु महिला नै रहेका थिए । बिना कुनै अवरोध शान्तिपूर्ण रुपमा त्यस मतदान केन्द्रहरुमा निर्वाचन सम्पन्न भएपछि सो केन्द्रलाई नमूना मतदान केन्द्र मानियो । नमूना निर्वाचनका रुपमा ती दुवै केन्द्रमा महिला मात्रै कर्मचारी खटाइएको केसीले बताए ।

१ सय मतदान स्थल र १६५ मतदान केन्द्र रहेको पाँचथर जिल्लामा उक्त मतदान स्थलमा मात्रै महिला कर्मचारी खटाइएको थियो ।ती मतदान केन्द्रहरुमा महिला विकास अधिकृत निर्मला दाहाल र शिक्षक दयादेवी रिजाललाई मतदान अधिकृतका रुपमा खटाइएको थियो । पाचँथर जिल्लामा रहेका मतदान केन्द्रमा खटिएका मतदान अधिकृतमध्ये ५ जना महिला मतदान अधिकृत रहेका थिए । त्यसैगरी, २९ जना महिला सहायक मतदान अधिकृत खटिएका थिए भने जम्मा १०३१७ जना कर्मचारीमध्ये २८९ जना महिला कर्मचारी रहेको जिल्ला निर्वाचन अधिकारी ध्रुवकुमार राईले जानकारी दिए ।

सम्बन्धित समाचार

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७४ मंसिर ११, ०८: १८

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
  • २०७४ मंसिर ११, ०८: १८

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
  • २०७४ मंसिर ११, ०८: १८

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...