कांग्रेस नेता प्रदीप गिरीको घाँटीमा देखियाे ट्युमरः उपचार मुम्बइकाे हिन्दुजा अस्पतालमा हुँदै – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

कांग्रेस नेता प्रदीप गिरीको घाँटीमा देखियाे ट्युमरः उपचार मुम्बइकाे हिन्दुजा अस्पतालमा हुँदै


नयाँ बिकल्प ।


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा सानो आकारको ट्यूमर देखिएकोले भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचार भइरहेको छ।

नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएकोले उपचार भइरहेको चिकित्सकहरुले बताएका छन्। ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको अस्पतालले जनाएको छ।

चिकित्सकहरुले अन्य स्वास्थ्य परीक्षण पनि गरिरहेकाले रिपोर्ट हेरेर थप उपचार गरिने बताइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि कांग्रेस नेता गिरी एक साताअघि उपचारका लागि मुम्बई गएका थिए ।

नेता गिरीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस उपसभापति विमलेन्द्र निधी, प्रदेश २ का उर्जामन्त्री ओमप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शुक्रबार बिहान अस्पताल पुगेका थिए।

निधिका अनुसार गिरीको स्वास्थ्य रिपोर्ट आउन बाँकी छ। सो रिपोर्ट आएपछि कुन उपचार बिधि अघि बढाउने भन्नेबारे डाक्टहरु आपसी सल्लाह भइरहेको छ। गिरीको उपचारमा डा. सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिम संलग्न छ।

सम्बन्धित समाचार

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ भाद्र ४, १६: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७८ भाद्र ४, १६: ३०

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
मकवानपुरमा सुमो राप्ती खोलामा खस्दा दुई जनाको मृत्यु, सात घाइते
  • २०७८ भाद्र ४, १६: ३०

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...