
नयाँ विकल्प,
काठमाडौं -अमेरिकाले आउँदो महिनादेखि सबै अमेरिकी नागरिकलाई कोरोनाविरुद्धको खोपको तेस्रो मात्रा लगाउने भएको छ ।
सबैभन्दा पहिले आठ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ होममा बस्नेहरू र वृद्धवृद्धालाई बुस्टर मात्रा दिएर त्यसपछि लगातार सबै नागरिकलाई बुस्टर मात्रा लगाउने बीबीसीले जनाएको छ ।
कोरोना भाइरसको डेल्टा भेरियन्टका कारण सङ्क्रमण बढेको र समयसँगै खोपको प्रभावकारिता घट्दै जाने विवरणहरू प्राप्त भएकाले बुस्टर डोज लगाउन लागेको राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डाक्टर एन्थोनी फाउचीले बताए ।
अमेरिकामा अघिल्लो महिनाको सुरुदेखि सङ्क्रमितको सङ्ख्या बढिरहेको छ ।
अस्पतालहरूमा बिरामीको सङ्ख्या बढेपछि मास्क लगाउने लगायतका स्वास्थ्यका मापदण्ड पालना गर्न थालेकोमा खोपको बुस्टर मात्रा पनि लगाउन लागिएको हो ।
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–भैंसेमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। बिहीबार...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन् । ३...