‘अप्रिल–जूनमा दक्षिण अफ्रिकामा हत्या र बलात्कारका घटना वृद्धि’ – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

‘अप्रिल–जूनमा दक्षिण अफ्रिकामा हत्या र बलात्कारका घटना वृद्धि’

एजेन्सी

जोहानेसवर्ग- दक्षिण अफ्रिकामा हत्या र बलात्कारका घटना अप्रिल–जूनको तीन महिनामा गत वर्ष सोही अवधिको तुलनामा उच्च रहेको दक्षिण अफ्रिकाको प्रहरीले शुक्रबार सार्वजनिक तथ्याङ्कमा बताएको छ। देशले कोरोना भाइरसको गम्भीर सङ्कट झेल्दै गरेका समय हत्या र बलात्कारका घटना बढ्नु गलत सङ्केत भएको प्रहरीको भनाइ रहेको छ।

तीन महिनाको दौडान कम्तीमा पनि १० हजार बलात्कार र पाँच हजार ७०० हत्याको रेकर्ड गरिएको छ। यो गत वर्षको जूनपछि ६० प्रतिशतभन्दा बढीले वृद्धि हो। अहिलेको यो सङ्ख्याले सन् २०१९ को महामारीपूर्वको स्तरको एक प्रतिशतभन्दा कम वृद्धि देखाउँछ।

प्रहरी मामिला मन्त्री भेकी सेलेले प्रिटोरियामा टेलिभिजनमार्फत् दिएको जानकारीमा भने, “यद्यपि यो दोहोरो अङ्कको वृद्धिले देशको समग्र वास्तविक तस्बिर झल्काउने भने छैन किनभने त्यसलाई लकडाउन र आवतजावतमा लगाइएको प्रतिबन्धको असामान्य अवधिसँग तुलना गरिएको छ।”

महामारी पूर्वको स्तरको तुलनामा उक्त दर ०.६ प्रतिशत बढी भएको उनले बताए।

समीक्षा गरिएको अवधिका समय महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समय कम गरिएको थियो भने स्थानीयस्तरमा मानवीय आवतजावतमा निकै खुकुलो बनाइसकिएको थियो। दक्षिण अफ्रिका विश्वमा हिंसात्मक गतिविधि धेरै हुनेमध्ये एक हो यहाँको हत्या दर निरन्तर बढिरहेको छ।

सन् २०१९÷०२० मा, यस देशमा २१ हजारभन्दा बढी हत्याहरू भएका थिए जुन गत अघिल्लो वर्षभन्दा १.४ प्रतिशतले बढी हो।

“प्रहरीले गरेको चार हजार नमुनामध्ये वैचारिक भिन्नता, गलत बुझाई र घरेलु तथा सडकजन्य झडप नै हत्याका समग्र कारक रहने गरेको पाइन्छ,” तथ्याङ्कशास्त्री तथा प्रहरी मेजर–जनरल थुलारे सेखुखुनियाले बताए। एएफपी

सम्बन्धित समाचार

होर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य
होर्मुजमा इरानी अवरोध हटेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्यो तेलको मूल्य
  • २०७८ भाद्र ५, ०९: ४०

काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुजको अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । युद्धविराम अवधिभर होर्मुज...

इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति
  • २०७८ भाद्र ५, ०९: ४०

इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको...

अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय
अमेरिका इरान शान्ति वार्ताको लागि विभिन्न नेताहरु सक्रिय
  • २०७८ भाद्र ५, ०९: ४०

काठमाडौँ। अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको शान्ति वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ चार दिने भ्रमणका लागि बुधबार साउदी अरब...