इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति


इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

पछिल्लो ६ हप्तादेखि इजरायल र हिज्बुल्लाहबीच दक्षिणी लेबनानमा भिषण प्रहार भइरहेको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविराममा सहमति जनाए पनि दक्षिणी लेबनानमा १० किलोमिटर सुरक्षा क्षेत्र कायम राख्ने बताएका छन् ।

हिजबुल्लाहले युद्धविराममा सकारात्मक संकेत देखाए पनि इजरायली आक्रमण पूर्ण रूपमा रोक्नुपर्ने र इजरायली सेनालाई स्वतन्त्र रूपमा गतिविधि गर्न नदिनुपर्ने सर्त अघि सारेको छ ।

यसबीच इरानले पनि युद्धविरामको स्वागत गरेको छ । अमेरिका र इरानबीच शान्ति वार्ताको अर्को चरणबारे छलफल भइरहेका बेला ट्रम्पले परमाणु हतियारसम्बन्धी केही सहमति भइसकेको दाबी गरेका छन् ।

गत २ मार्चदेखि सुरु भएको द्वन्द्वमा हजारौँ मानिसको ज्यान गएको छ भने लाखौँ विस्थापित भएका छन् । लेबनानमा मात्रै २ हजारभन्दा बढी मानिस मारिएका छन् र ठूलो संख्यामा घरहरू ध्वस्त भएका छन् ।

यसैबीच, वाशिङ्टनमा इजरायल र लेबनानबीच दुर्लभ प्रत्यक्ष वार्ता पनि भएको छ । ट्रम्पले दुवै देशका नेताहरूलाई ह्वाइट हाउसमा थप वार्ताका लागि आमन्त्रण गर्ने बताएका छन् ।

सम्बन्धित समाचार

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस
करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस
  • २०८३ बैशाख ४, ०७: ११

काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले...

वैशाख कृष्ण औंसी आज, आमाको मुख हेर्ने पर्व मनाइँदै
वैशाख कृष्ण औंसी आज, आमाको मुख हेर्ने पर्व मनाइँदै
  • २०८३ बैशाख ४, ०७: ११

काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...

भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास
भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास
  • २०८३ बैशाख ४, ०७: ११

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष...