
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
आयोगका अनुसार तिवारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादा विपरीत कार्य गर्दै गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धान क्रममा २०४४ भदौ १९ देखि २०७८ वैशाख ९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको जनाइएको छ ।
सो अवधिमा तिवारी र उनको एकाघर परिवारले विभिन्न वैध स्रोतबाट जम्मा करिब १४ करोड ५१ लाख ९१ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको छ । तर सोही अवधिमा घरजग्गा खरिद, निर्माण, लगानी, सामाजिक खर्च, बीमा, शेयर खरिद, विवाहलगायत शीर्षकमा करिब २५ करोड ६ लाख ८७ हजार रुपैयाँभन्दा बढी खर्च तथा लगानी भएको भेटिएको आयोगले जनाएको छ ।
यसरी आयभन्दा खर्च र लगानी करिब १० करोड ५४ लाख ९५ हजार रुपैयाँले बढी देखिएकाले उक्त रकमको स्रोत पुष्टि हुन नसकेको निष्कर्ष आयोगले निकालेको छ । आयोगका अनुसार यो रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरिएको ठहर गरिएको छ ।
अनुसन्धानले तिवारीले आर्जन गरेको भनिएको सम्पत्ति आफ्नी श्रीमती मिना देवी तिवारी र छोरी मीरा तिवारी को नाममा समेत राखिएको देखाएको छ ।
आयोगले तिवारीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दायर गर्दै बिगो बराबरको जरिवाना, कैद सजाय तथा सम्पत्ति जफतको मागदाबी गरेको छ। साथै, झुट्टा सम्पत्ति विवरण पेश गरेको आरोपमा थप सजायसमेत माग गरिएको छ ।
यस्तै, तिवारीकी श्रीमती र छोरीको नाममा रहेको सम्पत्तिसमेत गैरकानुनी आर्जनबाट जोडिएको ठहर गर्दै ती सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनीहरूलाई समेत प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।
बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष...
काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्चकी कामु...
काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित महेन्द्र पुलिस क्लबको हलमा यही वैशाख ५ गते...