
पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–७, दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका एक युवक मृत फेला परेका छन् ।बगनासकाली गाउँपालिका–९, चापपानी झिरभञ्ज्याङका २९ वर्षीय तोयनाथ बस्याल बुधबार मृत भेटिएका हुन् । नयाँ वर्षका दिन साथीभाइसँग कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा उनी डुबेर बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा कालीगण्डकी नदीको बीच भागमा शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार पौडी खेल्ने क्रममा उनीसँगै गएका सोही ठाउँका ३९ वर्षीय शरण भुसाल बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको उनले बताए । मंगलबार पौडी खेल्ने क्रममा बस्याल बेपत्ता भएका थिए ।
काठमाडौँ। काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएको छ ।गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो ।जिल्ला...
काठमाडौं । चलचित्र ‘तेल भिसा’का निर्माता पक्राउ परेका छन् ।ठगीको आरोपमा ‘तेल भिसा’का निर्माता शिवराज कार्की पक्राउ परेका हुन् ।...
काठमाडौं । आज अपरान्हदेखि काठमाडौंमा पानी पर्न थालेको छ ।काठमाडौं सहित देशका अधिकाँस भागमा दिउसो पौने चार बजेदेखि वर्षा शूरु...