सुजनले चौथो पटक छेडे जिब्रो – Naya Bikalpa
April 15, 2026, Wednesday      Epaper

सुजनले चौथो पटक छेडे जिब्रो

भक्तपुर : मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि धुमधामका साथ मनाइएको छ ।

यस वर्ष चौथो पटक जिब्रो छेडेर २९ वर्षीय सुजन बाग श्रेष्ठले जात्रालाई निरन्तरता दिएका छन् ।

नवौं पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५१ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छो छोरा सुजनले तीन वर्ष अगाडि जिब्रो छेडाएर पुस्तान्तरण गरेका थिए ।

कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक जिब्रो छेडाएपछि उनका भाइ बुद्धकृष्ण बाग श्रेष्ठ नौपटकसम्म जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए ।

जात्राका लागि चारदाम चढाएपछि जिब्रो छेड्ने व्यक्तिले अशुद्ध व्यक्तिलाई छुन नहुने, महिलालाई छुन नहुने, जुठो, सुतक परेको व्यक्तिलाई छुन नहुने, जुठो, नुन खान नहुने, बोडे देश छाडेर बाहिर जान नहुने प्रचलन रहेको छ ।

सम्बन्धित समाचार

२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
२०६२-६३ देखिका उच्च राजनीतिक पदाधिकारीको सम्पत्ति छानबिन गर्न समिति गठन
  • २०८३ बैशाख २, १५: ५५

काठमाडौं : सरकारले वि.सं. २०६२/६३ को राजनीतिक परिवर्तनयता महत्वपूर्ण सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने भएको छ । सरकारका...

१२८ जना नेपालीलाई युएईले दियो आममाफी
१२८ जना नेपालीलाई युएईले दियो आममाफी
  • २०८३ बैशाख २, १५: ५५

काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएई) ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर युएईले १२८ जना नेपालीलाई...

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश
  • २०८३ बैशाख २, १५: ५५

काठमाडौं । नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामै राख्न सर्वोंच्च अदालतले आदेश दिएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह...