आजदेखि देशभर आर्थिक गणना हुँदै – Naya Bikalpa
April 15, 2026, Wednesday      Epaper

आजदेखि देशभर आर्थिक गणना हुँदै


काठमाडौं : आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदै छ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

कार्यतालिकाअनुसार स्थलगत तथ्यांक संकलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ । गणनाका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएका छन् ।

अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्यांक संकलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ । गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजीक्षेत्र, सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन गरिने छ ।

त्यसक्रममा देशभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिनेछ ।

आर्थिक गणना तयारीको पूर्वचरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन् । चैतको सुरुआतमा ७७ जिल्ला र थप सात गरी ८४ कार्यालय स्थापना गरिएका छन् । ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ ।

यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो । गणनामा देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो ।

सम्बन्धित समाचार

स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
स्थानीय तहमा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
  • २०८३ बैशाख २, ०७: ३१

काठमाडौं । आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय...

उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
उपत्यकामा चल्यो रात्रिकालीन साझा बस
  • २०८३ बैशाख २, ०७: ३१

काठमाडौँ।काठमाडौं उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरू गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रूटमा सेवा सञ्चालन...

आज प्रतिनिधिसभाका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री शाह
आज प्रतिनिधिसभाका समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री शाह
  • २०८३ बैशाख २, ०७: ३१

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले आज सबै पार्टीका समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै छन् । प्रधानमन्त्री शाहले आज मध्याह्न १२ बजे...