गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए । उनले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

त्यसैगरी काममा ढिलाइ भएको विषयमा उनले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराएका छन् । अनुगमनका क्रममा उनले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिए ।

निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् ।

सम्बन्धित समाचार

बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
बिहारका मुख्यमन्त्री नितिश कुमारले दिए राजीनामा
  • २०८३ बैशाख १, १२: ०१

एजेन्सी : भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विज्ञप्ति जारी...

सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक (पूर्णपाठ)
सरकारद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सार्वजनिक (पूर्णपाठ)
  • २०८३ बैशाख १, १२: ०१

काठमाडौं : सरकारले शासकीय सुधार तथा दीर्घकालीन नीति समन्वयलाई लक्षित गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामाथि...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
  • २०८३ बैशाख १, १२: ०१

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो...