
एजेन्सी : भारतको बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत एक विज्ञप्ति जारी गर्दै सबैलाई धन्यवाद दिएका छन् र आगामी नयाँ सरकारलाई आफ्नो ‘पूर्ण सहयोग र मार्गदर्शन’ रहने प्रतिबद्धता समेत जनाएका छन् ।
नितिश कुमार हालै मार्च महिनामा बिहारबाट राज्यसभाका लागि निर्वाचित भएका थिए र उनले सांसद पदको शपथ समेत लिइसकेका छन् । उनले राज्यपाल लेफ्टिनेन्ट जनरल (रिटायर्ड) सैयद अता हसनैनलाई भेटेर आफ्नो राजीनामा बुझाएका हुन् ।
नितिश कुमारको स्थायी मुख्यमन्त्रीको कार्यकाल नोभेम्बर २००५ बाट सुरु भएको थियो, यद्यपि उनी सन् २००० मा पहिलो पटक सात दिनका लागि मुख्यमन्त्री बनेका थिए । आफ्नो शासनकालको सुरुवाती वर्षहरूमा बिहारको कानुनी व्यवस्था र प्रशासनमा सुधार ल्याएपछि उनलाई ‘सुशासन बाबु’ को रूपमा चिनिन थालियो ।
तर पछिल्ला वर्षहरूमा उनले बारम्बार गठबन्धन परिवर्तन गरेको भन्दै आलोचना समेत खेप्नुपरेको छ । उनले सन् २०१५ मा बीजेपी छोडेर आरजेडीसँग गठबन्धन गरे, फेरि २०१७ मा बिजेपीसँग फर्किए, २०२२ मा पुनः आरजेडीसँग गए र २०२४ मा फेरि बीजेपीसँगै मिलेर सरकार बनाएका थिए ।
काठमाडौं : सरकारले शासकीय सुधार तथा दीर्घकालीन नीति समन्वयलाई लक्षित गर्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’को मस्यौदा सार्वजनिक गरेको छ । मस्यौदामाथि...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियान सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नो...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका छन् । अनुगमनका क्रममा आज गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार...