भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

भारत सरकारको सहयोगमा बागलुङमा निर्माण हुन लागेको स्वास्थ्य चौकीको शिलान्यास

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–७ मा भिमगिठे स्वास्थ्य चौकी निर्माणको औपचारिक शिलान्यास गरिएको छ। स्वास्थ्य चौकीको शिलान्यास बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतको काठमाडौंस्थित राजदूतावासका द्वितीय सचिव अजय कुमार सिंहले संयुक्त रूपमा गरेका हुन् ।

भारत सरकारको आर्थिक सहयोग करिब २.५ करोड रुपैयाँमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत कार्यान्वयन गरिनेछ। परियोजना बडिगाड गाउँपालिकामार्फत अघि बढाइने जनाइएको छ।

शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको विकास सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ स्वास्थ्य संरचनाले गाउँपालिकामा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै सरोकारवालाहरूले नेपाल–भारतबीचको बहुआयामिक र घनिष्ठ सहकार्यलाई थप मजबुत बनाउन यस्ता परियोजनाहरूले योगदान पुर्‍याउने धारणा राखेका थिए। भारत सरकारको निरन्तर सहयोगले नेपालको प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास र समृद्धिको लक्ष्यलाई सघाउने उल्लेख गरिएको छ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सञ्चालन भइरहेको हो, जसले स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिने गरेको छ।

सम्बन्धित समाचार

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
  • २०८३ बैशाख ३, २०: १३

काठमाडौं : सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्चकी कामु...

काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
  • २०८३ बैशाख ३, २०: १३

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरण अनामनगर, काठमाडौंका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर...

लायन्स अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न हुँदै
लायन्स अन्तर्राष्टिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंमा सम्पन्न हुँदै
  • २०८३ बैशाख ३, २०: १३

काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित महेन्द्र पुलिस क्लबको हलमा यही वैशाख ५ गते...