
नयाँ विकल्प,
काठमाडौं – बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीलाई लिएर आलोचना गरेका छन् ।
पूर्वप्रधानमन्त्री ब्लेयरले यसलाई गैरजिम्मेवार कदम भएको बताएका छन् ।
उनले गठबन्धन सेनाको फिर्तीबाट जिहादी (अत्यधिक प्रयास गर्न खोज्ने) गुटको हिम्मत बढ्ने बताए ।
यसको रुस, चीन र इरानले फाइदा उठाउने उनको भनाइ छ ।
टोनी ब्लेयरले गठबन्धन सेनाको फिर्तीलाई अफसोसजनक, खतरनाक र अनावश्यक बताए ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि काबुलबाट सेना फिर्ता बोलाउने बाइडेन प्रशासनको निर्णयको आलोचना गरेका थिए ।
अलबामाको एक र्यालीमा पूर्वराष्ट्रपति ट्रम्पले यस कदमलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक हार भएको बताए थिए ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र...