
नयाँ विकल्प, सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा तरुण दलका जिल्ला सदस्य सन्तोष गिरीमाथि खुकुरी प्रहार भएको छ ।
शुक्रबार बेलुका करीब साढे सात बजे वीरेन्द्रनगर नगरपालिका ८ धमला चोकस्थित वीरेन्द्रनगर ४ कालागाउँका गिरीमाथि खुकुरी प्रहार भएको हो ।
तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टका अनुसार गिरी धमला चोकस्थित एक कटेजमा बसेको अवस्थामा मोटरसाइकलमा आएको एक समूहले खुकुरी प्रहार गरेको थियो ।
‘तीनवटा मोटरसाइकलमा ६ जना एक्कासी झरेर खुकुरी प्रहारको विष्टले जानकारी दिए ।
उनको माया नर्सिङ होममा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्नेहरु फरार छन् ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...