सुर्खेतमा तरुण दलका जिल्ला सदस्य गिरीमाथि खुकुरी प्रहार – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

सुर्खेतमा तरुण दलका जिल्ला सदस्य गिरीमाथि खुकुरी प्रहार


नयाँ विकल्प, सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा तरुण दलका जिल्ला सदस्य सन्तोष गिरीमाथि खुकुरी प्रहार भएको छ ।

शुक्रबार बेलुका करीब साढे सात बजे वीरेन्द्रनगर नगरपालिका ८ धमला चोकस्थित वीरेन्द्रनगर ४ कालागाउँका गिरीमाथि खुकुरी प्रहार भएको हो ।

तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टका अनुसार गिरी धमला चोकस्थित एक कटेजमा बसेको अवस्थामा मोटरसाइकलमा आएको एक समूहले खुकुरी प्रहार गरेको थियो ।


‘तीनवटा मोटरसाइकलमा ६ जना एक्कासी झरेर खुकुरी प्रहारको विष्टले जानकारी दिए ।

उनको माया नर्सिङ होममा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्नेहरु फरार छन् ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र ११, २२: ५३

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र ११, २२: ५३

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ भाद्र ११, २२: ५३

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...