नेपालमा एक करोड बढिले लगाए कोरोनाविरुद्धको खोप – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

नेपालमा एक करोड बढिले लगाए कोरोनाविरुद्धको खोप

नयाँ विकल्प,

काठमाडौं – नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउने एक करोड बढि नाघेको छ ।

२४ घण्टामा दुई लाख ९३ हजार एक सय ५१ मात्रा खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार एक सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप लगाउनेमध्ये ४६ लाख ६७ हजार तीन सय २८ जनाले पूर्ण मात्रा र ५४ लाख २४ हजार आठ सय ३६ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

खोप योग्य जनसङ्ख्यामध्ये १५ दशमलव चार प्रतिशतले पूर्ण मात्रा र १७ दशमलव नौ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

सरकारले कुल जनसङ्ख्याको ७१ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको रहेको स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा.झलक शर्मा गौतमले जनाकारी दिए ।

सम्बन्धित समाचार

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०७८ भाद्र १६, २०: १६

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
रास्वपा महाधिवेशन : मतदान राति साढे ८ बजेदेखि, ३८४ उम्मेदवार मैदानमा
  • २०७८ भाद्र १६, २०: १६

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि (सूचीसहित)
  • २०७८ भाद्र १६, २०: १६

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...