काठमाडौं । विवादास्पद ‘शंकराचार्य’ हेमानन्द गिरीको पदवी (अभिशेक) ग्रहण कार्यक्रम रोकिएको छ । अखिल भारत विद्धता परिषद्ले आफूलाई पशुपति मठको शंकरचार्य घोषणा गरेको गिरीको दाबी छ । उनले ८ भदौमा पशुपतिनाथ मन्दिर परिसरमा पदवी ग्रहण कार्यक्रम राखेकी थिइन् । तर, उनलाई सुमार्गी भवन उपलब्ध नगराइने भएको छ ।
केही गलत मानसिकता भएका कथा वाचकहरुले गलत प्रचार गरेर आफ्नो बदनाम गर्न खोजेको गिरीको आरोप छ । ‘मेरो बारेमा गलत प्रचार गरेर सरकारलाई भम्रमा पार्न खोजियो’ उनले भनेकी छन् ‘गलत सूचना र भम्रलाई सरकारले पनि पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’
आफूले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरे पनि सम्भव नभएको उनले बताइन् । पर्यटनमन्त्रीलाई भेटेर आफ्ना कुराहरु राखेको बताइन् । पशुपतिनाथको परिसरमा भदौ ८ गते सुमार्र्गी भवन भाडामा लिएर कार्यक्रम गर्नुपर्छ भन्नेमा पुगियो तर, त्यसलाई पनि प्रभावित पार्ने काम भएको गिरीका अनुयायीहरुले बताएका छन् ।
पशुपति विकास कोषले सुमार्गी भवनको ठेक्का लिएकाहरुलाई बोलाएर त्यो भवन हेमानन्दलाई नदिनू भनेर धम्क्याइ रहेका गिरी बताउँछिन् । शनिबार पत्रकार सम्मेलन गरेर उनले ‘हामीले तयारी गरेको कार्यक्रमको स्थान परिवर्तन गरेका छौं ।
अब हाम्रो कार्यक्रम डोलेश्वर महादेव मन्दिर भक्तपुरमा हुनेछ । भारत, बंगलादेश, थाईल्याण्ड, युरोपका विशिष्ट व्यक्तिहरुको आगमन हुने बताइन् । पशुपति क्षेत्र विकास कोषले भने हेमानन्द गिरीलाई शंकराचार्य पदवी दिएको र पशुपतिमा कार्यक्रम गर्न कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
चलचित्र समीक्षा सस्मिता पाठक काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...
Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.