
नयाँ विकल्प,
काठमाडौं प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्र मन्त्री खड्कालाई बोलाएर समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो ।
समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरू सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताए ।
उनले सहमति नभइ र राष्ट्रिय हित विपरीत मुद्दाहरू पेस गर्न नमिल्ने पनि उनले बताए ।
मन्त्री खड्काले राष्ट्रको हित विपरीत कुराहरू पास गर्न नहुने भन्दै सम्झौता गरिएका मुद्दाहरू राष्ट्रिय हितमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताए ।
मन्त्री खड्काले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरूसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरू गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिए ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...