एमसीसी, बीआरआई लगायतका विषय विश्वसनीयताका आधारमा मात्रै पास गर्ने परराष्ट्र मन्त्री खड्काको भनाइ – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एमसीसी, बीआरआई लगायतका विषय विश्वसनीयताका आधारमा मात्रै पास गर्ने परराष्ट्र मन्त्री खड्काको भनाइ


नयाँ विकल्प,

काठमाडौं प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा परराष्ट्र मन्त्री खड्कालाई बोलाएर समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएको हो ।

समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्री खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरू सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताए ।

उनले सहमति नभइ र राष्ट्रिय हित विपरीत मुद्दाहरू पेस गर्न नमिल्ने पनि उनले बताए ।

मन्त्री खड्काले राष्ट्रको हित विपरीत कुराहरू पास गर्न नहुने भन्दै सम्झौता गरिएका मुद्दाहरू राष्ट्रिय हितमा छन् वा छैनन् भन्ने कुरा अनुसन्धान गरेर मात्रै निर्णय लिनुपर्ने बताए ।

मन्त्री खड्काले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरूसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरू गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिए ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७८ आश्विन २०, २०: ०८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७८ आश्विन २०, २०: ०८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ आश्विन २०, २०: ०८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...