काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गिरफ्तारीले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै खैला बैला मच्चाएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा प्रकाण्डलाई गिरफ्तारपछि गृहमन्त्री बादल र सरकारको सत्तारुढ दलकै नेताहरुले आलोचना गरेका हुन् । पूर्वनेकपा माओवादी केन्द्रका अधिकांस नेताहरुले प्रकाण्डलाई गरेको गिरफ्तारीप्रति असन्तुष्टी जनाएका हुन् ।
गृहमन्त्री बादलले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्ड हिंसात्मक गतिविधिमा संलग्न रहेकोले पक्राउ गर्नु परेको सार्वजनिक अभिव्यक्ति दिए पछि उनको झन आलोचना हुन थालेको छ । गृहमन्त्री बादलले चन्दा आतंक र राज्यविरुद्ध ध्वंसात्मक गतिविधिजस्ता गैरकानुनी काम गरेकाले सरकारले प्रकाण्डलाई पक्राउ गरी कानुनी कार्वाही सुरु गरेको बताउँदै आएका छन् ।
उनले सरकारले गैरकानुनी क्रियाकलापमा संलग्न जोकोही पनि कारबाही गर्ने चेतावनी दिँदै ध्वंसात्मक गतिविधिमा संलग्न चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता र कार्वाही एकैसाथ अघि बढाउने नीति लिएको पनि स्पष्ट पारेका छन् । खास गरी पूर्वमाओवादी समूह आफ्ना पूर्वसहयात्री नेता ‘प्रकाण्ड’को गिरफ्तारीले तरंगित बनेका हुन् ।
उनीहरूले ‘प्रकाण्ड’लाई पक्राउ गरेकोमा सरकारको विरोध गर्दै रिहाइको माग गर्न थालेका छन् । सत्तारूढ नेकपाका केन्द्रीय नेतादेखि तल्लो तहका कार्यकर्तासम्मले गिरफ्तारीको कडा आलोचना गरेका छन् । सत्तारूढ नेकपाका नेता एवं पूर्वमन्त्री धनिराम पौडेलले ‘प्रकाण्ड’को गिरफ्तारीलाई निन्दनीय भन्दै बिनासर्त रिहा गर्न माग गरेका छन् ।
उनले ‘प्रकाण्ड’लाई हत्कडी लगाइएकोमा आपत्ति जनाउँदै गृहमन्त्री ‘बादल”लाई प्रश्नसमेत गरेका छन् । ‘बादल गृहमन्त्री प्रकाण्डको हातमा हत्कडी ?’ भन्दै पूर्वमन्त्री पौडेलले आफ्नो फेसबुकमा लेखेका छन् ‘यो दृश्य देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला? ‘प्रकाण्ड’को गिरफ्तारी समय र सन्दर्भ सबै किसिमले निन्दनीय छ ।’
उनले ‘प्रकाण्ड’माथि लगाइएको आरोपप्रति पनि प्रश्न उठाएका छन्। उनले ‘प्रकाण्ड’माथिका आरोप प्रतिशोधपूर्ण रहेको भनेका छन् । ‘वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो’ पौडेल लेख्छन् प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पूर्वमन्त्री र एउटा राजनीतिक पार्र्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसाबले हत्कडी लाउनुपर्ने समय यो होइन ।
प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध गरेका थिएनन, न त उनको पार्टीले ०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो।’
‘प्रकाण्ड’को पार्र्टीले लिएको नीतिमाथि भने उनले शंका गरेका छन्। र, पनि त्यो राजनीतिक विषय भएको उनको निष्कर्ष छ । ‘नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यको लागि समस्या हुन सक्छ । त्यो राजनैतिक समस्या हो । राजनीतिक रूपले मात्र राजनैतिक समस्याको समाधान गर्न सकिन्छ’ पौडेल अगाडि लेख्छन, ुअतः क प्रकाण्डलाई विनासर्त रिहाइ गर सरकार ।’
योङ कम्युनिस्ट लिग वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि प्रकाण्डको गिरफ्तारीप्रति असहमति जनाएका छन्। ‘नेकपाका प्रवक्ता प्रकाण्डलाई गिरफ्तार गर्नु समस्याको समाधान होइन’, दीपशिखा फेसबुकमा लेख्छन्, ‘राजनीतिक समाधान खोज्नुपर्छ ।’
सत्तारूढ नेकपा निकट पत्रकार एवम् प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले आक्रामक अभिव्यक्ति दिँदै गृहमन्त्रीमाथि आक्रोश पोखेका छन । उनले गृहमन्त्रीको राजनीतिक दर्शनमाथि नै प्रश्न उठाउँदै भन्छन ‘बादल तिम्रो पौरख कम्युनिस्ट दर्शन टुकुचामा लगेर सेलाऊ ।’
सत्तारूढ नेकपाभित्रका पूर्वमाओवादी समूहका नेता कार्यकर्ताले ‘प्रकाण्ड’लाई हत्कडी लगाएकोमा बादलको निकै कडा आलोचना गरेका छन् । उनीहरुले राजनीतिक नेतालाई हत्कडी लगाएर ‘अपराधी’लाई जस्तो व्यवहार गरिएको उनीहरूको टिप्पणी छ । प्रहरीले ‘प्रकाण्ड’लाई पक्रेर जबरजस्ती चन्दा असुलीमा अनुसन्धान गरिररहेको छ । पूर्वमाओवादीका नेताहरुले कामचोर कर्मचारी, जनतालाई दुख दिने प्रहरी र ट्रफिक, चोरी, डकैति र ठगी गर्दै हिँड्ने ठेकेदारलाई कारवाही गर्न नसक्ने गृहमन्त्रीले एक जना राजनीतिक व्यक्तिको हातमा हत्कडी लगाएर बहादुरी देखाउन खोजेको भन्दै आलोचना गरेका छन् ।
उनीहरले समाजमा दैनिक रुपमा बढ्दै गएको बलात्कारका घटनालाई नियन्त्रण गर्न प्रहरी परिचालित गर्न छाडेर प्रकाण्डलाई पक्राउ गर्नु कदाचित उचित कदम नभएको भन्दै गृहमन्त्री बादलको सर्बत्र आलोचना भएको छ । गृहमन्त्री बादलले भने प्रकाण्डले करोडौं रकम चन्दा असुल गरेको आरोप लगाउँदै मुद्धा दायर गर्न खोजेका छन् ।
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा भिडलाई उत्तेजित बनाएको र हिंसा भड्काउन भूमिका खेलेको आशंकामा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की,...
काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनाधिकृत रूपमा कारागारबाट बाहिरिएको घटनालाई...