रहेनन् गोरखा परिषद्का संस्थापक भरत शम्शेर – Naya Bikalpa
January 20, 2026, Tuesday      Epaper

रहेनन् गोरखा परिषद्का संस्थापक भरत शम्शेर

काठमाडौं । नेपाली कांग्रेसका नेता भरत शम्शेर राणाको निधन भएको छ । उनको शनिबार बिहान कलकत्तास्थित घरमा निधन भएको पारिवारले जनाएको छ । गोरखा परिषद्का संस्थापक महासचिव राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनि नेपालको पहिलो संसदका विपक्षी दलका नेता हुन् ।

उनको शव अस्पताल बुझाइने भएको छ । परिवारका अनुसार राणाले आफ्नो शव नजलाउन छोराछोरीलाई भनेका थिए । उनले दाहसंस्कारमा आफूलाई विश्वास नभएकोले मृत्युपछि शव अस्पताललाई बुझाउन भन्दै छोराछोरीलाई पत्रमार्फत आग्रह गरेका थिए । उनको शव कलकत्ताको अस्पताललाई बुझाइने भएको छ ।

२०१७ सालको कु पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्र्टी गोरखा परिषद्लाई भरत शम्शेरले विनाशर्त नेपाली कांग्रेसमा विलय गराएका थिए। तर उनको दल गोरखा परिषद्का अध्यक्ष रणधीर सुब्बा लगायतका केही नेता भने पञ्चायतमा प्रवेश गरेका थिए । ९० वर्षको उमेरमा निधन भएका भरत शम्शेर जबरा मृगेन्द्र शम्शेर जंगबहादुर राणाका छोरा हुन् । उनको निधनमा पूर्व अर्थराज्य मन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदय शम्शेर राणाले ट्विट गर्दै आफू निकै दुखित भएको बताएका छन् उनले ट्विटमा लेखेका छन् —‘आज हामीले परिवारको अभिभावक गुमाएका छौं, ठूलो बुबा भरत शम्शेर राणाको निधनले निकै दुखित छौं ।

दुई छोरा र दुई छोरी भएका राणा २०५१ सालदेखि कलकत्तामा बस्दै आएका थिए । पञ्चायतकालमा आफ्नो धेरै जायजेथा, चल अचल सम्पति सरकारले जफत गरेको थियो । १७ सालमा शाही कु पछि बीपी कोइरालाको अनुयायीको रुपमा आफ्नो पहिचान बनाएका उनी २०३७ सालमा राजकाज मुद्धा फिर्ता भएपछि मात्र नेपाल फर्किएका थिए । बीपीको निधनपछि तत्कालिन कार्यबाहक सभापति र २०४८ सालपछि सभापति भएका कृष्णप्रसाद भट्टराईका कट्टर हिमायति भएका राणा २०५१ सालमा काठमाडौंको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराई पराजित भए पछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कट्टर आलोचक बने ।

कोइरालालाई कारबाही गर्न सभापति भट्टराईलाई दबाब दिँदा पनि नमानेपछि उनी निरास भएर कांग्रेसको सक्रिय राजनीति परित्याग गरेका थिए । राणासँगै कुवेर शर्माले पनि कांग्रेस छोडेका थिए । राजनीतिक पूर्वाग्रहका कारण आफूलाई कांग्रेस नेतृत्वको सरकारले समेत पञ्चायत कालमा जफत गरेको जग्गा जमिन फिर्ता नगरेको गुनासो गरिरहन्थे । उनले पञ्चायति शासन कालका अमिर गुरुङको जग्गा राज्यले फिर्ता गर्दा समेत आफ्नो बबरमहल क्षेत्रको एक आना जग्गा पनि फिर्ता नभएको भन्दै गुनासो गर्दै आएका थिए । पञ्चायति सरकारले उनको सयौं रोपनी जग्गा जफत गरेको थियो ।

सम्बन्धित समाचार

पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
पत्रकार ऋषि धमला रौतहट- ४ बाट चुनाव लड्ने
  • २०७५ श्रावण २८, ०८: ४५

काठमाडौँ । पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् । पत्नी एलिजा गौतमले...

प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
प्रतिनिधि सभा निर्वाचन :आज देशभर उम्मेदवारी दर्ता
  • २०७५ श्रावण २८, ०८: ४५

 काठमाडौं।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै...

प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
प्रतिनिधिसभा निर्वाचन : आज मनोनयन दर्ता
  • २०७५ श्रावण २८, ०८: ४५

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले...