सुविधामा भन्दा जनताको मन जित्न सफल बन्नुपर्छः प्रधानमन्त्री – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

सुविधामा भन्दा जनताको मन जित्न सफल बन्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा कानूनले दिएको भनेर उपभोग मात्र गरेर बस्नु नहुने भन्ने जनप्रतिनिधिलाई सुझाव दिएका छन् । राजनीतिमा त्याग पनि महत्वपूर्ण रहेको स्मरण गराउँदै उनले त्यस्ता सुविधालाई अत्यावश्यक बाहेक अहिले त्याग गरेर जनताको मन जित्न सफल हुनुपर्ने बताए ।

बिहीबार सिंहदरबारमा अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्रीले जनप्रतिनिधिले विभिन्न सुविधा उपभोगमा मात्रै ध्यान दिएको र कतिपय ठाउँमा मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षले महंगा गाडी किनेको, कतिपय वार्ड अध्यक्षले डोजर किनेर सडक बनाउने ठेक्का आफैं लिएका गुनासाहरु आएका पाइएकोे बताए । ‘तपाईंहरु जनप्रतिनिधि हो । त्यसकारण जनताले नरुचाउने काम नगर्नुहोस् । जनताले जे रुचाउछन् त्यस काममा केन्द्रित हुनुपर्छ भनेका छन् ।

गाउँपालिका दुर्गम ठाउँमा हुने, साधन स्रोतको कमी हुने भएकोले त्यहाँका जनप्रतिनिधिले धेरै चुनौतीमा काम गर्नुपर्ने बाध्यता भएपनि देश निर्माणको जग भनेको तपाईंहरु नै हो र दुर्गमका बस्तीहरु, राज्यको सेवा सुविधा नपुगेका जनताहरुमा तपाईंहरुले नै सेवा प्रवाह गर्ने हो ।’ स्थानीय तहका जनप्रतिनिधिका कामबाट जनताले प्रदेश र संघीय सरकारप्रतिको पनि धारणा बनाउने भएकोले आफ्नो आचरणमा विशेष ख्याल गर्न सुझाएका छन् ।

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ श्रावण ३१, १२: १८

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ श्रावण ३१, १२: १८

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ श्रावण ३१, १२: १८

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...