उपराष्ट्रपति नर्भिक पुगे, वैद्यको स्वास्थ्यावस्थाबारे लिए जानकारी – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

उपराष्ट्रपति नर्भिक पुगे, वैद्यको स्वास्थ्यावस्थाबारे लिए जानकारी

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ नर्भिक अस्पताल पुगेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर उनले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिए ।

स्वास्थ्यावस्थाबारे जानकारी लिएका पासाङले वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गरे । वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए ।

अहिले स्वास्थ्यमा राम्रो सुधार आएको र बुधबारसम्म डिस्चार्ज गर्न सकिने चिकित्सकले बताएका छन् । दम बढेर छातीमा पीडा भएपछि आइतबार वैद्यलाई अस्पताल भर्ना गरिएको थियो। नेता वैद्य लामो समयदेखि दम रोगबाट पीडित छन्।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ कार्तिक २, १२: २०

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ कार्तिक २, १२: २०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ कार्तिक २, १२: २०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...