मध्य अफ्रिकी गणराज्यमा नेपाली सेनाद्वारा विद्यालय पुनःनिर्माण – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

मध्य अफ्रिकी गणराज्यमा नेपाली सेनाद्वारा विद्यालय पुनःनिर्माण


काठमाडौं ।
मध्य अफ्रिकी गणतन्त्रमा शान्तिस्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकले त्यहाँको एन्टोन्गो क्षेत्रमा रहेको स्थानीय विद्यालयको पुनःनिर्माण गरेको छ ।


मिनुस्का (मिसन सेन्ट्रल अफ्रिकन रिपब्लिक) मा तैनाथ रणशेर गण सातौं डफ्फाले मिनुस्का नागरिक मामिलासँगको सहकार्यमा एन्टोन्गो ईलाकामा रहेको स्थानीय विद्यालयको पुनस्निर्माण कार्य सम्पन्न गरी कात्तिक १ गते स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको हो।


कोभिड(१९ को सम्पुर्ण मापदण्डहरु पालना गरी संचालन भएको उक्त कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी तथा युनिसेफका स्थानीय प्रमुखहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सो इलाकामा तैनान नेपाली शान्ति सैनिक युनिटकोतर्फबाट कोभिड(१९ रोकथामका सुरक्षात्मक सामग्रीहरुलगायत शैक्षिक सामग्रीहरु समेत उपलब्ध गराईएको थियो।


समारोहलाई सम्बोधन गर्ने क्रममा स्थानीय मेयरले उक्त पुनस् निर्माणले स्थानीय विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा ठूलो टेवा पुग्ने विश्वास गर्दै मिनुस्का मिसनमा नेपाली शान्ति सैनिकहरुले गर्दै आईरहेको जनहितका कार्यहरुबाट स्थानीय जनता तथा शान्ति सैनिकबीच विश्वासको वातावरण सृजना भएको धारणा व्यक्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ कार्तिक ७, १७: २४

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ कार्तिक ७, १७: २४

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ कार्तिक ७, १७: २४

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...