
काठमाडौं । मध्य अफ्रिकी गणतन्त्रमा शान्तिस्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकले त्यहाँको एन्टोन्गो क्षेत्रमा रहेको स्थानीय विद्यालयको पुनःनिर्माण गरेको छ ।
मिनुस्का (मिसन सेन्ट्रल अफ्रिकन रिपब्लिक) मा तैनाथ रणशेर गण सातौं डफ्फाले मिनुस्का नागरिक मामिलासँगको सहकार्यमा एन्टोन्गो ईलाकामा रहेको स्थानीय विद्यालयको पुनस्निर्माण कार्य सम्पन्न गरी कात्तिक १ गते स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको हो।
कोभिड(१९ को सम्पुर्ण मापदण्डहरु पालना गरी संचालन भएको उक्त कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी तथा युनिसेफका स्थानीय प्रमुखहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सो इलाकामा तैनान नेपाली शान्ति सैनिक युनिटकोतर्फबाट कोभिड(१९ रोकथामका सुरक्षात्मक सामग्रीहरुलगायत शैक्षिक सामग्रीहरु समेत उपलब्ध गराईएको थियो।
समारोहलाई सम्बोधन गर्ने क्रममा स्थानीय मेयरले उक्त पुनस् निर्माणले स्थानीय विद्यार्थीहरुको शैक्षिक क्रियाकलापमा ठूलो टेवा पुग्ने विश्वास गर्दै मिनुस्का मिसनमा नेपाली शान्ति सैनिकहरुले गर्दै आईरहेको जनहितका कार्यहरुबाट स्थानीय जनता तथा शान्ति सैनिकबीच विश्वासको वातावरण सृजना भएको धारणा व्यक्त गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...