प्रधानन्यायाधीश जबराले भने ‘ सडकमा माग्दैमा राजिनामा दिन्न’ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

प्रधानन्यायाधीश जबराले भने ‘ सडकमा माग्दैमा राजिनामा दिन्न’


काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा राजिनामा माग्दैमा आफू राजिनामा दिने पक्षमा नरहेको बताएका छन्। सर्वोच्च अदालतको पूर्ण इजालास (फुल कोर्ट) बहिस्कार गरी इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुसँगको मंगलबारको भेटमा प्रधानन्यायाधीश जबरालाई यस्तो बताएका हुन्।


सर्वोच्चका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर बिबाद धेरै लम्विएको भन्दै मार्गप्रशस्त गर्न आग्रह गरेका थिए। तर जबराले भने सडकमा कसैले राजिनामा मागेको भरमा आफू राजीनामा दिन तयार नभएको जवाफ दिएका थिए। उनले जवाफमा भनेका थिए ‘विवादमा जो जो छन्, सबैले राजिनामा दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्न।’

आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको भन्दै सक्ने भए महाअभियोग लगाएर देखाए भने भन्ने आशय व्यक्त गरेका थिए। आफ्नो राजीनामा माग्ने न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराले आफू पनि राजीनामा माग्ने बताए।


‘तपाईहरुले मलाई जे जे भन्नुभयो, बजारमा त्यही त्यही खालको आरोप तपाईंहरु माथि पनि छ’ उनले भने ‘ त्यसो भए के तपाईंहरु पनि राजीनामा दिनुहुन्छ?’ प्रधानन्यायाधीश जबरालाई भेट्न गएका सर्वोच्चका न्यायाधीशहरु फेरि छलफलमा बसेर निष्कर्ष निकाल्ने योजनामा रहेको बुझिएको छ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०७८ कार्तिक ९, १५: ११

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०७८ कार्तिक ९, १५: ११

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०७८ कार्तिक ९, १५: ११

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...